सुनिल चौधरी
झुम्का,चैत्र १७ । रामधुनी नगरलाई बालमैत्रि नगर घोषणाकालागी वडागत कागजात ब्यवस्थापन गर्न लागेको छ । बालमैत्रिकालागी प्राबिधिक सहयोग तथा सम्पन्न गरेका कार्यक्रमहरुको प्रतिलिपि सुरक्षित राख्न प्रत्येक वडा र नगर कार्यपालिका लगायत बिषयगत शाखाहरुमा कागजात ब्यवस्थापन योजना ल्याएको हो ।
बालमैत्रि घोषणा सफलपार्न कागज ब्यवस्थापनमा घोषणा तहगतको ६ खुड्किला,अबलम्बनको ६ र कार्यान्वयनको तहगत अवस्था मापन १६ खुड्किलाको कागजात राख्नुपर्ने छन् । त्यसैगरी राष्ट्रिय सुचक अन्तर्गत सेवागतमा बाल बचाउ,बालसंरक्षण, बालबिकास,,बाल सहभागीता र संस्थागत बिकासको ३९ सुचक र थप दुईगरी ४१ सुचकहरुको खुड्किला राख्नु पर्ने जनाए । यसले घोषणाकालागी थप बल पुग्ने कागजात ब्यवस्थापनकालागी सहजिकरण गरिरहेका राष्ट्रिय सहजकर्ता बिष्णु प्रसाद चौबेले बताए ।
चरणबद्ध रुपमा गर्दै आएको कृयाकलाप अन्तर्गत कागजात ब्यवस्थापन गर्नु पनि आवश्यक्ता भित्र परेकोेले सो को दुई दिने कार्यशाला सम्पन्न गरेको नगर बालमैत्रि घोषणा सम्पर्क ब्यक्ति हर्षलाल चौधरीले जानकारी दिए । लगभग बालमैत्रि वडा घोषणाको तयारीमा जुटि सकेको बताउदै सम्पुर्ण वडालाई घोषणा गर्नसके बालमैत्रि नगर पुर्णता पाउने सम्पर्क ब्यक्ति चौधरीले बिश्वास ब्यक्त गरे । कागजात ब्यवस्थापनगर्दै बाँकी रहेको काम सोमवारबाट वडामा आवधिक लगानि योजना तयारी गर्ने जनाएको छ ।
९ वटा वडाहरु मध्ये वडानं. २ घोषणा भईसकेको छ । घोषणा भएको वडालाई दिगोपनाकालागी रणनिति तयारी र कार्यन्वयन गर्ने नगरपालिकाले जनाएको छ । वडानं. २ पछि वडा नं. ५ लाई बालमैत्रि वडाकालागी तिब्र पहलकदमीहरु भईरहेको कार्यशालामा सहभागी भएका वडाअध्यक्ष डेगराज फुयालले बताए । वडाकार्यलयबाट बालकोषकालागी ५० हजार समेत बिनियोजन गरिसकेको फुयालले बताए । कागजात ब्यवस्थापन कार्यशालामा नगरप्रमुख जयप्रकाश चौधरी लगायत उपप्रमुख,वडाअध्यक्ष नगर तथा वडा सम्पर्क ब्यक्ति,बिषयगत शाखा प्रमुख,सम्बन्धित संस्था युथक्रिएशनका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen