सुनिल चौधरी
झुम्का,चैत्र १६ । ईटहरी १४ स्थित नमुनाटोल नरभषामा सनिवार बृक्षा रोपन तथा सम्मान कार्यक्रम गरेको छ । स्वच्छ वातावरण सिर्जनाकालागी नमुटोल नरभषा अन्तर्गतका बाटोमा बृक्षा रोपन र योग्दान गरेका ब्यक्तिहरुलाई नेपाल कम्युनिष्ट पार्टि(नेकपा) टोल समितिले एक कार्यक्रमगरी प्रोत्साहन स्वरुप सम्मान गरेको हो ।
नेकपा टोल समितिका अधयक्ष टिकाराम सिवाको सभापतित्वमा भएको कार्यक्रममा नमुना टोल स्थित धुपि र अशोक गरी एक सय बिरुवा रोपन गरेको सचिव शंकर कुमार चौधरीले बताए । वडाअध्यक्ष रमेश प्रसाद चौधरीले बृक्षारोपन उद्धघाटन गर्दै मानव स्वथ्यकालागी वातावरण संरक्षण गर्ने उधेश्यले परिवारको एक सदस्य एक बिरुवा रोप्नु पर्ने आवश्यक रहेको बताए ।
त्यसैगरी टोल सुधारकालागी मादक पदार्थ लतबाट छोडेका आफनो स्वस्थयको नयाँ जिवन थालनी गरेको स्थानिय करमलाल चौधरीलाई सम्मान गरेको आयोजकले जनाएको छ । टोलका दुईजनालाई परिक्षणकालमा राखेपनि सेवन गर्न नछाडेकाले एकजनालाइ मात्र सम्मान गरेको बताए । मादक पदार्थ छोडेका ५५ बर्षिय चौधरीलाई अर्का सेवन गर्न छोडेका बद्रिप्रसाद चौधरीले सम्मान गरे । टोलमा परिश्रम,मेहनती र सहयोगी ब्यवहार गर्नेअशल गुण भएका तिन जना सहित जेष्ठनागरीकलाई समेतसम्मान गरेको आयोजकले जनाएको छ ।