सुनिल चौधरी
झुम्का,चैत्र १३ । जनताआवास कार्यक्रम अन्तर्गत रामधुनी वडा नं. ३ पिप्राहाका मुसहर बस्तिमा अवास निर्माणकालागी बुधवार तेस्रो किस्ता स्वरुप रकम हस्तान्तरण गरेको छ । पहिलो र दोस्रो किस्ताले दुई कोठाको पक्की दिवाल र पिलर निर्माण भईसकेपछि टिनको छानो,झ्याल ढोका र शौचालयकालागी तेस्रो किस्ता निकासा भएको हो ।
सहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यलय बिराटनगरबाट निकासा भई बुधवार १७ जनालाई १ लाख १६ हजार तिनसय पैतालिस रुपैयाको दरले हस्तान्तरण गरेको हो । सो अनुसारको रकम मंगलवार ८ जनालाई हस्तान्तरण गरिसकेको छ भने बाँकी १० जनालाई बिहिवार बितरण गर्ने जनाएको छ । आर्थिक रूपले विपन्न, लोपोन्मुख, दलित र सिमान्तकृत समुदायका लागि सरकारले ल्याएको कार्यक्रम रामधुनीमा ३५ घर परिवारलाई समेटेको छ । रकम बितरण साईट ईन्जिनियर ओम प्रकाश शर्मा,राम साह, ३ नम्बर वडासदस्य नारायण श्रेष्ठले बितरण गरेका हुन् ।
रामधुनीमा ३५ घरपरिवारको अवासालागी १ करोड १६ लाख ३७ हजार पाँच सय रहेको छ । १ घर बराबर ३ लाख ३२ हजार पाँचसयका दरले उपलब्धगराईने जानकारी दिएको छ । जनसहभागीता १० प्रतिशत रहेको छ । निर्माणकालागी हाल सम्म २ लाख ९८ हजार उपलब्ध गराई सकेको वडासदस्य नारायण श्रेष्ठले बताए । पहिलो र दोस्रो किस्ता केन्द्रियबाट निकास भएपनि १ नम्बर प्रदेशमा सहरी बिकास डिभिजन कार्यालय नहुदा तेस्रो किस्ताको निकासा ९ महिना सम्म हुन नसकेकोे श्रेष्ठले बताउदै धेरै पटकको पहल पछि झापा र मोरंग भन्दा पहिलै निकासा गरेर हस्तान्तरण गरेको जानकारी दिए । आफ्नो घर बनाउन नसक्ने नागरिकका लागि राज्यले सुरुवात गरेको यो कार्यक्रम झापा,मोरंग र सुनसरीगरी जम्मा १ हजार १ सय २९ घर निर्माण भईरहेको छ ।
आवास निर्माणले सहज जिवनयापन हुने बिश्वास स्थानिय बर्मालाल मुसहरले लिएको बताए । घर बनाउने अवस्था थिएन तर सहयोगले फुसको घरबाट पक्की घरमा बस्ने भएपछि दिपलाल मुसहर खुसि ब्यक्त गरे । सौचालय समेतको सहयोग पाएपछि मुसहर समाज रोग मुक्त भएर स्वस्थय जिवन बिताउने गालो मुसहरले बताईन् ।

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen