सुनिल चौधरी
झुम्का,चैत्र १० । रामधुनी नगरपालिकाले अपाङ्गत्ता परिचयपत्र बितरण गर्ने भएको छ । अपाङ्गत्ता भएकाहरुलाई सहज सेवा प्रवाहकालागी रामधुनी नगरपालिकले चैत्र २५ गते देखि बितरण गर्ने जनाएको छ ।
अपाङ्गत्ता परिचयपत्रले उनिहरुले बिभिन्न सेवा सुबिधाहरु पाउने छन् । सेवालाई प्रभावकारी बनाउदै अशक्तलाई सुबिधाकालागी नगरपालिकाले सुचनाजारी गर्दै आवश्यक कागजातहरु पेश गर्न भनिएको छ । परिचयपत्रकालागी आवश्यक कागजातहरुमा आफ्नो वडाको पि.ओ.बाट सिफारिस १ प्रति,नाबालक भए जन्मदर्ताको प्रतिलिपि वा निजको बाबु वा आमाको नागरिक्ताको फोटोकपि १ प्रति,साबालक भए नागरिक्ताको प्रतिलिपि १ प्रति,तिनवटा पासपोर्ट साईजको फोटो र १ वटा अपाङ्गत्ता देखिने ठुलो फोटो,बिपि कोईरालाल स्वथ्यबिज्ञान प्रतिष्ठान,सरकारी मान्यता प्राप्त अस्पताल वा आखा अस्पतालको रिर्पोट साथ स्वथय चौकी झुम्काको सिफारिस पत्र संलग्न गर्नु पर्ने,पहिले अपाङ्गत्ता परिचयपत्र लिएका ब्यक्तिहरुले पनि पहिलेको परिचयपत्र सहित पेश गर्नु पर्ने छ । र निवेदनका साथ रु १० को टिकट टास गर्नु पर्ने जनाएको छ ।
यसको बिस्तृत जानकारीका लागी महिला तथा बालबालिका शाखा रामधुनी नगरपालिकामा समपर्क गर्न सकिने छ ।