सुनिल चौधरी
झुम्का,चैत्र १० । सहकारीकर्मिहरुमा ऐकयबद्धता हुन प्रेरित गर्दै प्रत्येक साल मनाउदै आएको राष्ट्रिय सहकारी दिवस यसपटक चैत्र २० गते बुधवार मनाउने तयारी गरेको छ । आम समुदायमा सहकारी बारे जागरण पैदा गर्न ईटहरीमा ६२ औ राष्ट्रिय दिवस मनाउन लागेको हो ।
नेपालको सहकारी अभियानको सुरुवात भएको हुदा सो ऐतिहासिक दिनको स्मरण गर्दै मनाउन लागिएको आयोजकले जनाएको छ । “दिगो बिकास लक्ष्य प्राप्ति लागी सहकारी” मुलनाराका साथ ईटहरी ९ जनतामाबि ईटहरीको खेलमैदानमा सहकारी दिवस मनाउने जानकारी दिएको छ ।
राज्यलाई थप महत्वबारेमा बोध गाराउन दिवसको उधेश्य रहेको संघका अध्यक्ष दामोदर कोईरालाले बताए । दिवसका दिन अन्तक्रृया,गोष्ठि,वक्तृत्वकला प्रतियोगितात्मक कार्यक्रम,सरसफाई,स्वथ्य शिविर,रक्तदान तथा बृक्षारोपन जस्ता रचनात्मक कार्यक्रम गर्ने जनाएको छ ।
सहकारीका सदस्यहरुलाई उद्यमशिल बनाई स्वरोजगार सिर्जना गर्दै गरिबि न्युनिकरण,महिलाहरुको शिप,क्षमतातथा नेतृत्व बिकासगरी लैगिक समान्तामा योगदान,पिछडिएका बर्ग तथा समुदायको आर्थिक,सामाजिक,क्षेत्रमा पहुच बृद्धि गर्दै समुदायमा सवल एकताको आधार निर्माण लगायतका क्षेत्रमा नेपालको सहकारी अभियानको भुमिका रहदै आएको अध्यक्ष कोइरालाले बताए । यसको योगदानलाई थप बृद्धि गर्नु पर्ने आवश्यक्ता देखिएकोले ठोस कार्ययोजना बनाई स्थानिय स्तरसम लागु गर्ने जनाएको छ ।
कार्यक्रममा सहकारी संघ संस्थाहरुको सहभागीता रहने जानकारी दिदै बिहान १० बजेबाट कार्यक्रम सुरु गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen