नविन चौधरी, चैत्र ६, झुम्का
झुम्कामा फर्निचर उद्योग व्यवसायी संघद्धारा होली हंगामा कार्यक्रम सम्पन्न भएको छ । रामधुनी अन्तर्गतका फर्निचर व्यवसायीहरुको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा साँस्कृतिक नाच गान तथा विभिन्न प्रतियोगिताहरु गरिएको थियो । मटकीफोर कार्यक्रम तथा स्लो साइकल रेस जस्ता रोमाञ्चक कार्यक्रम गरिएको थियो । मटकीफोर कार्यक्रममा करिव ५ फिटको दुरीबाट आँखामा पट््िट बाधेर हातमा लठ््ठी दिएर मटकी फुटाउनुपर्ने रहेको थियो जसमा १५ जना प्रतियोगीहरुले भाग लिएका थिए । अन्तिम सहभागी सुमन कार्कीले मटकी फोडेर विजेत ाबनेका थिए । विजेताले नगद रु १००० पुरस्कार प्राप्त गरेका थिए । त्ससैगरी साइकल रेस अन्तर्गत १२ जना सहभागीमा ४ राउण्ड साइकल चलाउदा सब भन्दा स्लो साइकल कुदाएर रेखा पार गरी दिपक चौधरी पथम भएका थिए भने जेनिस खडका दोश्रो भएका थिए । प्रथम विजेतालाई १५०० र दोश्रो विजेता लाई रु ५०० नगद पुरस्कारले सम्मान गरिएको थियो । कार्यक्रम फर्निचर उद्योग व्यवसायी संघका अध्यक्ष फुलम चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि नगर उप प्रमुख सविना चौधरी रहनुभएको थियो । प्रमुख अतिथी चौधरीले कार्यक्रममा सम्पुर्ण नगरबासीहरुको सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै होलीपर्वको शुभकामना दिनुभएको थियो । साथै शान्त र सौहार्द वातावरणमा रंग र अविरको होलि सवैजना मिलिजुलि खेल्न आगह समेत गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष लगायत जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्वसायी तथा मेडियाकर्मिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन फर्निचर उद्योगी सुनिल चौधरी र संचार कर्मी तुलसी खडकाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen