नबीन चौधरी

झुम्का,चैत्र ५

श्री चन्द्रकमल मा. वि. मर्चैयाको अभिभावक भेला तथा व्यवस्थापन समितिको पुनरगठन कार्यक्रम सम्पन्न भएकोछ । रामधुनी नगरपालिका विद्यालय निरिक्षक तथा विद्यालय व्यवस्थापन समिति संयोजक राजन कुमार गेलालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयको शिक्षा सम्बन्धि नितिनियम योजना तथा कार्यक्रम तय गर्न व्यवस्थापन समितिको आवश्यक पर्ने भएको प्रष्ट पार्दै व्यवस्थापन समितिको पुनरगठन सम्बन्धि प्रक्रियाको जानकारी गराउनुभएको थियो । प्रक्रिया अन्तर्गत समितिमा २ महिला अनिवार्य हुनेगरी २५ वर्ष पुरा भएको ४ सदसीय समितिको चयन गरिने तथा अध्यक्ष पदकोलागि उमेदवारले कम्तिमापनि एस एल सी उतिर्ण ह्ुनुपर्ने विद्यार्थिको अभिभावक हुनुपर्ने जस्ता नियमहरु अवगत गराउनुभएको थियो । साथै शिक्षक संघ अन्तर्गत १ जना प्र. अ. र १ जना वडाध्यक्ष गरि ६ सदसीय समिति गठन हुने तत्पश्चात ६ सदस्य समितिले ४ सदस्य मध्य १ जना योग्यव्यक्तिलाई अध्यक्ष पदमा मनोनयन गर्ने प्रक्रिया रहेको जानकारी गराउनुभयो ।
उक्त प्रक्रियालाई आत्मसात गर्दै कार्यक्रममा ४ सदस्यहरु चयनगरिएको छ । जसमा मर्चैयाका राजेश चौधरी, छप्कीकी धिमा कुमारी थापा घिमिरे, सितपुरका भिम प्रसाद अधिकारी र मर्चैयाकी किरण कुमारी चौधरी निर्वाचित हुनुभएको छ । समितिको पदाधिकारी सहमतिको आधारमा निर्विवाद सम्पन्न भएकोछ । निर्वाचित सम्पुर्ण सदस्यहरुलाई अतिथिहरुले सफलकार्यकालको शुभकामना दिएका थिए । अतिथिहरुमा ९ नं. वडाध्यक्ष घनश्याम चौधरी लगायत जन प्रतिनिधि सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका भुत पुर्व अध्यक्ष तथा सदस्यहरु, शिक्षक संघका अध्यक्ष तथा सदस्यहरु, पुर्व प्रधानाध्यापक विश्व कार्की, टेक नारायण श्रेष्ठ, पुर्व व्यवस्थापन समिति अध्यक्ष पुष्पलाल चौधरी, सदस्यहरु नन्दकुमार चौधरी, बलबहादुर घिमिरे, भोज बहादुर कटवाल, सावित्रा भटराई, सुरेन्द्र चौधरी, बलराज चौधरी, पूर्व संयोजक मिना कार्की, सदस्य लक्ष्मी शाह, बाबुराम कार्की, संस्थागत विद्यालय तर्फ बाल सदनका शिक्षक नगेन्द्र चौधरी, वीस्डम स्कुलका प्रिन्सीपल रामचन्द्र चौधरी, एम एस स्टान्डरका प्रिन्सीपल नरेश चौधरी लगायत २०० जना अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन श्री चन्द्र कमल मा वि का शिक्षक कुलदिप चौधरीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen