सुनिल चौधरी
झुम्का,चैत्र ३ । झुम्कामा एक दिने किशोरा तथा युवा समुहलाई महिनावारी स्वथ्य सम्बन्धि जानकारी दिएको छ । महिनावारीको समयमा हुने समस्याको सामाधानका बारेमा ४५ जनालाई जानकारी दिएको हो ।
नेपाल युवा परिषद प्रदेश नं. १ र शेभ द अर्थको आयोजनामा झुम्का स्थित जेष्ठ नागरीक भवनमा कार्यक्रमको आयोजना गरिएको छ । जानकारीको अभावले किशोरा अवस्थामा उनीहरुले कठिनाईको सामना गर्नु पर्ने भएकोले सहजताकालागी जानकारी मुलक कार्यक्रमको आयोजना गरेको सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिए । महिनावारीमा हुने समस्या र ध्यान दिनु पर्ने कुराहरुको पहिचानकालागी सेभ द अर्थका भट्टराई,द्धारिका घिमिरे, नेपाल युवा परिषद प्रदेश नं. १ का अध्यक्ष शुसिल रामवर,सिता भट्टराई र अनिसा कर्णले सहजि करण गरेका हुन् । महिनावारी महिलाहरुमा हुने सामान्य र प्राकृतिक प्रक्रिया हो । महिनावारीको समयमा सामान्यतया एक महिनामा ५(७ दिनसम्म गर्भशायबाट रगत र केही कोषहरु बाहिर निस्किन्छन् । कसैकसैलाई महिनावारी सुरु हुनुभन्दा १ साता अघिबाटै हर्मोनको गगबडीले निकै दुःख दिने पनि हुन्छ भन्ने सिता भट्टराईले बताईन् । महिनावारी हुदा देखिने केहि समस्याहरुको बारेमा भट्टराईले भनिन् छिटो रिस उठ्ने,आत्तिने,तल्लो पेट दुख्ने,ढाड दुख्ने, बान्ता हुने,पेट फुल्ने,हाडजोर्नी दुख्ने, टाउको दुख्ने लक्ष्ण देखिने बताईन् ।
त्यसैले यसमा सावधानि अपनाउनु पर्ने तथा ध्यान दिनुपर्नेमा जोड दिईन् । महिनावारीहुदा सफा कपडा वा स्यानेटरी प्याड मात्र प्रयोग गर्ने र त्यसलाई समय–समयमा फेर्नुपर्छ । महिनावारी मानसिक रुपमा सामान्य प्राकृतिक प्रक्रिया हो भनेर किशोरीहरुलाई परामर्श दिनुपर्छ । सरसफाइमा विशेष ध्यान दिनुपर्छ, सफा ठाउँमा बस्ने र नियमित नुहाउने गर्नुपर्छ । प्रसस्त मात्रामा पानी पिउनु पर्छ । प्रसस्त मात्रामा पौष्टिक आहार खाने, विशेषगरी आइरन धेरै भएका खानेकुरा (माछा, मासु, हरिया सागसब्जी आदि) खानुपर्छ । हिँडडुल र साधारण व्यायाम गर्ने गर्नुपर्छ । पेट दुख्ने समस्या छ भने तातो पानीले सेक्ने अनि आराम गर्नुपर्छ । धेरै रक्तस्राव भएमा वा धेरै पेट दुखेमा स्वास्थ्य संस्थामा जचाउनु पर्ने सुझाव दिईएकी छन् ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen