सुनिल चौधरी
ग्रामथान,चैत्र २ । होलीको अवसरमा थारु सिनेकर्मिहरुको सहभागीतामा मोरंग ग्रामथान ५ तेत्रीयामा भब्य कार्यक्रम हुने भएको छ । यसपालिको होलिमा थारु संस्कार अनुसार होलि खेल्दै सिनेकर्मिहरुको प्रस्तुति राख्ने आयोजकले जनाएको छ । 
मोरंगको तेत्रीया स्थित श्री देवी माबिको प्राङ्गनमा फाल्गुन ६ गते होलि सांस्कृतिक कार्यक्रम २०७५ मानाउने तयारी भईरहेको सिनेकर्मि हुदुवा खवासले बताए । शुभकामना आदानप्रदान तथा थारु सँस्कृतिकको जर्गेना गर्ने उधेश्यका साथ होलि साँस्कृतिक कार्यक्रम गर्न लागेको खवासले जानकारी दिएका छन् ।
साँस्कृतिक कार्यक्रममा थारु संस्कृति झाँकी प्रस्तुती,फटफट बिहान क्लव धोयिबारेको बेजोड नृत्य प्रस्तुति,थारु सिनेमाका नायक नायिकाहरुको बेजोड नृत्य प्रस्तुति थारु सिनेमाका गायक गायिकाहरुको गायन प्रस्तुती र एफ एस डान्स सेन्टर ईटहरीको बेजोड नृत्य प्रस्तुती रहने थारुके अवाज संस्थाका संयोजक प्रिति चन्द माझिले बताए । कार्यक्रम थारुके अवाज,थारु सिनेकर्मि र बिवेक शिल थारु युवा समुहको संयुक्त आयोजनामा हुने जानकारी दिएको छ । कार्यक्रम बिहान ११ बजे देखि सुरुहुने जनाएकोे छ ।
होलीको अघिल्लो साँझ ’होलिका दहन’ गरेर यस चाडको सुरुवात गरिन्छ । हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका भक्त हिरण्यकश्यपुका छोरा (प्रह्लाद)लाई मार्न अग्नि नजिक जादा होलिका आँफै जलेर नष्ट भएको कारण असत्य माथि सत्यको जित भएको दिनको रुपमा यो पर्व मनाइन्छ । नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराइमा होली मनाइन्छ । यस बर्ष फाल्गुन ६ गते पहाडमा परेको छ भने ७ गते तराईमा मनाउने तयारीमा रहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen