सुनिल चौधरी
चैत्र १ गते । रेडियो रामधुनीले आफ्नो प्रसारण बढी भन्दा बढी स्रोतामाझ पुर्याउन हाम्रोपात्रोको एप्सबाट पनि प्रसारण सुरु गरेको छ । हाम्रोपात्रोको वेबसाईटमा आबद्ध हुदै राष्ट्रिस्तरको रेडियो संगै रेडियो रामधुनी पनि सुन्न सक्नु हुनेछ ।
हाम्रोपात्रोको एप्स डाउनलोड गरी सजिलै संग रेडियो रामधुनी बिदेशमा पनि सुन्न सकिने छ । रेडियो रामधुनी यस भन्दा पहिले आफनै वेबसाईटबाट बिदेशमा पनि सुन्ने क्षमता बृद्धि गरेको थियो । रेडियो रामधुनीको वेबसाईट धधध।चबमष्यचबचमजगलष्।अयm बाट स्थानिय समाचारका साथ अनलाईन समेत प्रसारण गरिरहेको स्रोता तथा शुभ चिन्तकमा अवगत गराईन्छ ।
हाम्रोपात्रो एप्सबाट सुन्नकालागी (हाम्रोपात्रो डट कम खोलेर) हाम्रो रेडियोमा गएर सर्च गर्नु पर्ने हुन्छ । त्याहाबाट सुन्न च्बमष्य चबmमजगलष् सर्च गर्दा लोगो सहित भेटिन्छ । रेडियो रामधुनी हाम्रो पात्रोबाट स्रोताको संख्या बढेको छ । रेडियो रामधुनीलाई सुन्ने स्रोताहरु हाम्रो पात्रोमा सुझाव पनि दिईरहेको छ ।
त्यसैगरी स्रोताको माग अनुसार स्थानिय खवर थप गरेको छ । रेडियो रामधुनीबाट स्थानिय सामाचार प्रभावकारी भएकोले स्रोताहरुबाट सामाचारको समय थप गर्न माग अनुसार बिहान ७ः००बजे,१०ः०० बजे,मध्यान्ह १२ ः०० बजे,दिउसो ३ः००बजे र साझ ७ः०० बजे प्रसारण गर्न थालिएको छ । यस भन्दा पहिले बिहान ७ः००बजे,मध्यान्ह १२ ः०० बजे,साझ ७ः०० बजे प्रसारण गर्दै आएकोमा बिहान १०ः०० बजे र दिउँसो ३ बजे थप गरेको हो ।
समृद्ध समाजकालागी समावेसि आवाज मार्फत स्थापनाकाल देखिनै स्थानिय,राष्ट्रिय खवर र बिबिसि नेपालि सेवा सामाचार प्रवाह गर्दै आएको छ । कार्यक्रमहरु समावेसि रुपमा प्रसारण गर्दै स्थानिय बिकासमा टेवा पुर्याउदै भाषिक प्रवद्र्धनको समेत महत्वपुर्ण भुमिका खेल्दै आएको छ । शिक्षा,स्वस्थ्य,कृषिको सवालमा बहस चलाउदै सामाचार मार्फत बुलन्द गर्दै अगाडी बढिरहदा स्रोताहरु बृद्धि भईरहेको छ ।
नेपाल बन्द र लोडसेडिङ्गको मार खेप्दै पनि स्रोतामाझ निरन्तर रुपमा प्रसारण गरिरहे । त्यतिखेर आर्थिक रुपमा ठुलो भार परेपनि कर्मचारीहरुको सहयोगले प्रसारण सम्भव भएको हो । त्यसैगरी २०७२ साल बैशाख १२ गते गएको भुकम्पमा पनि निरन्तर सुचना तथा खवरदारीे गरिरह्यो । रेडियोको कर्मचारीहरुले निडर भएर सुचनाहरु प्रवाह गरे । भासि गाबिसनै हुदा २०७० सालमा आफनो प्रसारणमा ल्याएर बिकास र समृद्धिको सुचना प्रवाह गर्दै रामधुनी नगरपालिका निर्माण सम्म साथ र सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen
Ramdhuni Idol Magh 26 final round Download Listen
prem ke sanesh new episod Download Listen
रामधुनी बहसमा फिल्मकर्मीहरु संगको कुराकानी Download Listen