सुनिल चौधरी
झुम्का,फाल्गुन २६ । बैवाहिक बिधब्यवहारमा “लवभुजा” तथा “लवा” भुज्ने कार्य एक महत्वपुर्ण बिध हो । थारु समुदायको बैवाहिक कार्यक्रममा धार्मिक कार्यकालागी “लवा” भुज्ने गरिन्छ । बिवाह समपन्नकालागी महत्वपुर्ण बिध मध्ये एक हो । बिवाह हुनु पुर्व बेहुली तथा बेहुला पक्षबाट धानलाई भुजेर तथा (भुटेर) लवा बनाउने चलन छ । आर्शिवाद लिनकालागी नव बरबधुले धानको कशा मिश्रित भएको “लवा” ग्रामथान,धार्मिक स्थल,नदि,कल, लगायतमा लवा छर्किने गरिन्छ । “लवा” छर्किएर आर्शिवाद लिदा यसले प्रकृति,ग्रामथान, देवता,कुलदेवता प्रसन्न हुने धार्मिक मान्यता रहेको छ । लवा भुज्नु एक उत्तम र शुभकार्य हो । दुई आत्मा मिलनकालागी यो कार्य सिद्ध रहेको छ ।
“लवा” भुज्नकालागी छुटै चुलो बनाईन्छ । रंगले सजाएको हुन्छ । “लवा” माटोले बनेको भाडोमै भुज्नु पर्ने मान्यता रहेकोले घैला जस्तै सानो आकारको(डब्बा वा टुंगनी) भुज्ने पौराणिक मान्यता रहेको छ । माटोको सामाग्री बनाउने कर्ता कुम्हरले बनाएको भाडोमा भुज्ने गरिन्छ । “लवा” दब्हारीले भुज्ने परमपरा रहेको छ । दबहारीको मुठ्ठा बनाएर भुज्ने कार्य गरिन्छ । “लवभुजा”ले मुख्य अंशमा समातेर भुज्ने क्रम्मा मुठ्ठाको माथि एउटा–एउटा सिन्का बेहुली पक्षमा बेहुलि र बेहुला पक्षमा बेहुला लगायत बिध कर्ताहरुले समातेका हुन्छ जस्मा सबैले सहभागी जनाएको हुन्छ ।
“लवभुजा”बरबधुको दिदि(दैया)÷भिनाजु(पौहना) ले गर्ने गरिन्छ । त्यसैगरी फुपु(दिदि)÷फुपाजु(पिसा)ले पनि गर्ने चलन रहेको छ । “लवा” भुज्नु भन्दा पहिले “लवभुजा”बर र कन्यालाई खुट्टामा कशातेल लगाईन्छ । कशातेल लगाई सकेपछि बिध गर्ने बिधकर्नि तथा बेहुली सहित “लवभुजा”बर र कन्याले भुज्ने चलन रहेको छ । पाँच मुट्ठि सबैले धान हाल्दै सन्ठिको आगोले भुज्ने गर्छन् ।
यतिमात्र हैन् यसपछि बिधकर्नि संगै लवभुजाले बाहिर बाटोमा गएर दुबो(दुईब) लिने कार्य गरिन्छ । कोदालोबाट बायाँहातले मात्र ताछेर तथा (छिलेर) घाँस दुवो लिनु पर्ने हुन्छ । जुन एकहातले कठिन हुने गर्छ । दुवो लिएर आउदा आँगनको मुख्य द्धार तथा (देहरीमा) खनेर गाड्नु पर्छ, पछि निकालेर बेहुला बेहुलीलाई दुबो धानले चुमाउने कार्यमा प्रयोग गरिन्छ । बेहुलि पक्ष र बेहुला पक्षका गाउँ टोलको महत्वपुर्ण स्थानमा गएर “लवा” छर्किने सहयोग गर्दै “लवभुजा”बर र कन्याको कार्य सम्मपन्न भई बिवाह धार्मिक र सामाजिक मान्यता प्राप्त हुने सामाजिक संस्कार रहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen