सुनिल चौधरी
झुम्का,फाल्गुन २७ । ग्रामिण स्तरका समुदायलाई स्वस्थ्यमा पहुच पुर्याउन नेपाली काग्रेश रामधुनी नगर समितिले एक दिवसिय निःशुल्क स्वथ्य शिविरको आयोजना गरेको छ । आर्थिक बिपन्न,जेष्ठनागरीक तथा अशक्तलाई सहुलियत स्वस्थय उपचारकालागी रामधुनीको सिंगियामा शिविर समपन्न गरेको आयोजकले जनाएको छ ।
जनता माबि सिंगियाको प्राङ्गनमा भएको स्वस्थय शिविरबाट ३ सय २ जनाले सेवा लिदै मौकाको फाईदा लिएको छ । सो मध्ये ७३ जनाले भिडियो एक्सरे सेवा लिएका छन् भने सुगर,प्रेसर जाँच गराएको छ । जेष्ठ नागरीक राधा धितालको स्वस्थ्य जाँच गर्दै सेवासुरुवात गरेको नगर सचिव दिल बहादुर राईले जानकारी दिए ।
शिविरमा सामुदायीक अस्पताल ईटहरीको प्राबिधिक सहयोग रहेको थियो । सामुदायीक अस्पताल ईटहरीका अध्यक्ष टंक दुलालको संयोजकमा आएका चिकित्सकहरुले सुगर,प्रेसर,नशा,हाडजोर्नि,भिडियो एक्सरेको सेवा दिएका थिए । नगर समिति अध्यक्ष सुदिप अधिकारीको सभापतित्वमा भएको शिविर उद्धघाटन कार्यक्रम प्रदेश सांसद नवोदिता चौधरीको प्रमुख आतिथ्यतामा भएको हो ।
नेपाली काग्रेश आफ्नो चुनावि प्रतिबद्धता अनुसार जनता माझ ब्यवहारिक कार्य आगाडी बढाईरहेको नेपाली काग्रेस ईटहरीका सभापति हेमकर्ण पौडेलले बताए । शिविर उद्धघाटन कार्यक्रममा बोल्दै स्वास्थय,शिक्षा,जिविकोपार्जन,बिकास लगायतका प्रतिबद्धतालाई पुरा गर्दै लगेको दावि गरेका छन् । बहुमत सरकारको हावादारी कुराले जनताहरु दुःख पाईरहेको बताए । ग्रामिण क्षेत्रका समुदायहरु स्वस्थयको पहुचबाट बञ्चित भईरहेको अवस्थामा नेपाली काग्रेशले स्वास्थय संस्थाहरु संग सहकार्य गर्दै गाउँ टोलमा सेवा प्रवाह गर्दै गईरहेको पौडेलले बताए ।
शिविरमा नगरप्रमुख जयप्रकाश चौधरी,रेडक्रश शोसाईटि झुम्का उपशाखाका अध्यक्ष ईश्वर घिमिरे,खानेपानि सरसफाई स्वच्छता समन्बय समितिका अध्यक्ष केसिलाल चौधरी लगायतका समाज सेवि बुद्धिजिविहरुको सहभागीता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen