पुर्वेली न्युज बाट

 मेक्सिकोको राजधानीको एउटा रात्रि क्लबमा शनिबार भएको आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । शनिबार भएको यस घटनामा परी अरु तीन जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा रहेको ‘ला प्लाया’ नामक रात्रि क्लबमा हतियारधारी व्यक्तिहरुको समूहले आक्रमण गरका बताइएको छ ।
अधिकारीहरुका अनुसार १३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अरु दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । मृत्यु भएका सवै जना पुरुष रहेका छन् भने घाइते सवै जना महिला रहेका छन् । घाइते महिलाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

रात्रि क्लबमा अज्ञात समूहले गरेको यस आक्रमणमा कैयौ पटक बन्दुक तथा ग्रिनेडसमेतको प्रयोग भएको आक्रमण भएको छ । त्यसैगरी मोन्टेरे शहरमा लागूऔषध कारोबार गर्ने एक समूह र सेनाबीच दोहोरो गोली हानाहान हुदाँ सात जना शङ्कास्पद लागूऔषध कारोबार र अन्य एक व्यक्तिको मृत्यु भएको यहाँको सुरक्षा स्रोत पुष्टि गरेका छ ।

तपाईको प्रतिक्रिया

“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen