फाल्गुन २५, झुम्का, नविन चौधरी
विकास सँगै भित्रिएको विकृति र अपराधलाई न्युनीकरणका उपाय सम्बन्धि समुदाय–प्रहरी साझेदारीमा समुदाय सँग प्रस्तुती तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
रामधुनी नगरपालिका अन्तर्गत लगौनामा अवस्थित कल्पवृक्ष पार्टि प्यालेसमा इलाका प्रहरि कार्यालय पकली सुनसरीको आयोजनामा कार्यक्रम गरिएको हो । समाजमा बढ्दै गईरहेको बाल यौन शोसन, लागुपदार्थ दुर्वेशन, साइवर अपराध लगायत विकृतीलाई न्युनीकरण गर्न प्रहरी एकलैको प्रयासले सम्भव नभएकोले सम्पुर्ण सरोकारवाला व्यक्ति आफु, आफ्नो परिवार अभिभावक र जनप्रतिनिधि एकबद्धभएर विकृति रहित समाज निर्माण गर्ने उद्धेश्यका साथ अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
प्रदेशनं. १ प्रहरी प्रमुख संयोजक किशोर दाहालको संयोजक्त्वमा आयोजित अन्तरक्रिया कार्यक्रममा ईलाका प्रहरी पकलीका प्रमुख प्रहरी निरिक्षक, इनिस्पेक्टर, सय लगायतले कार्यक्रममा सहजीकरण गरेका थिए । कार्यक्रममा रामधुनी नगर प्रमुख जय प्रकाश चौधरी, वडाध्यक्ष, कार्यपालिका सदसयहरु, जनप्रतिनिधिहरु, शिक्षक, अभिभावक तथा विद्यार्थी बालबालिकाहरुको सहभागिता रहेको थियो । नगरलाई स्वच्छ हराभरा बनाउन जसरी नगर सरसफाइमा सम्पुर्ण पक्ष लागिपरेको छ, त्ससरीनै नगरलाई बालमैत्री वातावरण कायम गर्न, बालविवाह मुक्त समाज बनाउन, लागुपदार्थ दुर्वेशन रहीत सुरक्षित समाज निर्माण गर्न हरेक तह तप्काका व्यक्तिहरु लाग्नुपर्ने जोड दिइएको थियो । कार्यक्रममा प्रहरीको पक्षबाट अपराधिक कृयाकलापलाई न्युनीकरणगर्न र अपराधिक कार्य हुन नदिन विभिन्न तरिकाहरु कसरी अपनाउन सकिन्छ भन्ने सम्बन्धमा भिडियो सहित प्रशिक्षण गराएको थियो ।
खाशगरि बालबालिकाहरुको यौन शोसन, महिला हिंसाबाट बच्न आफुहरु स्वयम सचेत हुने र आफ्नो बालबालिका कुलतमा फसिरहेका छन भने त्यसलाई न्युनीकरण तथा निर्मुल गर्न आफना बालबालिकाको हरेक क्रियाकलापमा ध्यान राख्ने, छोरा छोरी के गर्दैछन, के कामले कहाँ जाँदैछन, को सँग जादैछन ति सबकुराको हेक्का राख्नुपर्ने बताएको थियो । यस सन्दर्भमा नगर प्रमुख जयप्रकास चौधरीले आफु र आफ्ना परिवारका सदस्य कुन समयमा के काममा कति समयकोलागि जाँदैछ त्यसको डायरी मेन्टिनेन्स गर्नु जरुरी रहेको बताउनु भयो । यसतो मेन्टिनेन्सले लाग्ने समय भन्दा अवेर सम्म घर फर्किएन भने उ को सँग कहाँ गएको कुरा स्पष्ट थाहा हुने भएकोले अपराधिक घटना हुनबाट जोगिने हुन्छ । साथै नगरको तर्फबाट यस सम्बन्धमा लाग्ने लगानीको कुरामा नगरपालिका कहिले पछि नहटने प्रतिबद्धता व्यक्त गर्नुभयो । ग्रामिण क्षेत्रले बनेको नगर रामधुनीमा गाँउ गाँउका व्यक्ति लागुपदार्थ उत्पादन, विक्रि वितरण कार्यमा संलग्न हुनु, फेसबुक, ट्वीटर, यु ट्यूव जस्ता सामाजिक संजालको प्रयोगले मानिसहरु सुरक्षित कोठा भित्र पनि साइवर अपराधबाट पिडित भइ रहेकोले यसतो किसीमको सामाजिक संजालपनि निकैनै सजगभएर चलाउनुपर्नेमा जोड दिएको थियो । सामाजिक संजाल चलाउदा नचिनेको व्यक्तिको फ्रन्ड रिक्वेष्ट एसेप्ट नगर्ने, प्राइभेट कुराहरु शेयर नगर्ने तथा अरुलाई पासवोर्ड नदिने जस्ता सामान्य कुराहरुमा विचार पुर्याएमा साईवर अपराधबाट बच्न सकिने उपायहरु प्रस्तुत गरिएको थियो । त्यसतै घर देखी सार्वजनिक स्थलहरु, विद्यालय तथा सरकारी कार्यालयहरुमा बालमैत्री व्यवहारको विकास, मात्र भएमा त्यसले बालबालिका मात्र हैन भोलीका दिनमा किशोर किशोरीहरु अनि महिलाहरु पनि सुरक्षितहुने नगर प्रमुख जयप्रकास चौधरीले जानकारी दिनुभायो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen