सुनिल चौधरी
झुम्का,फाल्गुन १८ । ईनरुवा ३ निवासी राजुथापाले आफु भन्दा असक्तलाई सहायक सामाग्री बितरण गरेका छन् । हिडडुल गर्न नसक्ने ईनरुवा ९ बबियका महासुद मियालाई थापाले ट्राई साईकल हस्तान्तरण गरेका हुन् ।
थापालाई पनि हिड्डुल गर्ने समस्यामा रहेको छ । बस दुर्घटनामापरि खुट्टामा चोटकाकारण आपाङ्ग भए । थापा आपाङ्ग भए पनि आफुभन्दा असक्तलाई सहजताकालागी ट्राईसाईकल उपलब्धगराएको जानकारी दिए । थापालाई वडाकार्यालयले दिएको सो साईकल मियालाई हस्तान्तरण गर्दै परिचयपत्र दिने प्रकृया चाडो होस भन्ने माग समेत गरेका छन्् । सहायक सामाग्री बितरण कर्ता थापा नेपाल आपाङ्गत्ता समिति जिल्ला उपाध्यक्ष हुन् ।
आपाङ्गत्ताको मर्म आपाङ्गलेनै भित्रि मनले बुझने भएकोले सहायक सामाग्री उपलब्धगराएको मियाले बताउदै थापालाई धन्वाद ब्यक्त गरे । समाजले आपाङ्गत्ता भएका ब्यक्तिलाई साकारात्म दृष्टिले हेर्नु पर्ने ईनरुवा ९ नम्बर वडाका नेपाल आपाङ्गत्ता समितिका अध्यक्ष समेत रहेका मियाले बताए । आपाङ्गत्ता समितिका जिल्ला अध्यक्ष रामबहादुर कार्की,सम्भु प्रसाद भट्टराईको उपस्थितीमा बितरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen