सुनिल चौधरी
झुम्का,फाल्गुन १६ । बालमैत्रि नगर निर्माण आभियानमा निश्चित समय भित्रै उपलब्धि पाउन बिहिवार वडा नं. ३ मा अभिमुखि करण गरेको छ । २०७६ चैत्र मसान्त सम्म लिएको लक्ष्यलाई पुरा गर्न बालमैत्रि स्थानिय शासन सम्बन्धि अभिमुखिकरण गरेको हो ।
वडानं. ३ का वडाअध्यक्ष राजकुमार चौधरीको सभापत्विमा संबिधानले दिएको बालअधिकार सम्बन्धि बुद्धाहरुमा छलफल गराएको छ । नगरउपप्रमुख सबिना चौधरीको प्रमुख आतिथ्यतामा नेपालको संबिधानको मौलिकहक अन्तर्गत धारा ३९ मा रहेको अधिकारको कार्यन्यन सम्बन्धि अन्तकृया गराएको हो । नगर उपप्रमुख चौधरीले वडा स्तरीय बालमैत्रिकालागी समन्बय र सहभागीतात्मक रुपमा कार्यक्रमहरु अगाडी बढ्नु पर्ने बताउनु भयो । कर्णधारहरुको अधिकार स्थापित हुन सके नगर समृद्धि हुने बताउदै नगरको भबिषयको लागी बालमैत्रि नगर निर्माण हुनुपर्ने आवश्यक्ता बारे बोल्नु भयो ।
वडामा स्थानिय शासन अबलम्बनकालागी राष्ट्रिय सहजकर्ता बिष्णु प्रसाद चौबेले अभिमुखिकरण गराउदै छन् । वडाका बालबालिका,अभिभावक,शिक्षक,राजनितिज्ञय लगायत सरोकारवालाहरु संग अन्तरकृया गर्दै वडा घोषणाकालागी योजना निर्धारण समेत गर्दै गएको छ ।
वडामा बालमैत्रि स्थानिय शासन अबलम्बन सम्बन्धि जानकारी पछि गाउँ टोलहरुको समुदायलाई अभिमुखिकरण गर्ने योजना प्रमुख हर्षलाल चौधरीले बताए । टोलमा स्थानिय शासन कार्यन्यन गर्दै घोषणा गर्न सकिने योजना प्रमुख चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen