झुम्का, नविन चौधरी
लाइसेन्स नभएको सवारी चालकले दुर्घटना गराउदा पनि चालकलाई कार्वाही भएको छैन । नत पिडितले सहि उपचारनै पाएको छ । किनकी घटनाको जानकारी सम्बन्धित निकाय समक्ष पुगेको छैन ।
रामधुनी नगरपालिका वडा नं. ८, डुम्राहा स्थित चिया पसलअगाडी स्थानिय बुधनी देवी मुख्यालाई सोही नगरका वडा नं. ९ निवासी स्थानीय विन्देश्वर यादवका छोरा इनरदेव यादवले चलाउदैगरेको मोटरसाइकलको ठक्कर दिएको घटना आज १२ दिन सम्म पुग्दापनि नत पुलिस केशनै भएको छ नत पिडितले सहि उपचारनै पाएको छ । अचम्मको कुरा त के छ भने चालक को हो थाहा भएपनि गाडीको नम्बर पिडित र छिमेकीहरुलाई थाहानै छैन ।
पिडित मुखियाको दायाँहात भाँचिएको छ । शुरुमा औषधी उपचार गरिदिए पनि अहिले १२ दिन वितिसक्दा औषधी सकिएको छ, थप उपचारभने पाएकोछैन । घटनाको बारेमा पिडितको भनाइ यस्तो छ “ पुलिसकेश नगर औषधी उपचारमा जे जति खर्च लाग्छ व्यहोर्छु आफ्नै गाउँ ठाउँको मान्छे हो मिलेर जाऔं ” । पुलिसकेश त भएन तर पाउनुपर्ने उपचारपनि पिडितले पाएको छैन । फागुन ३ गते विहान मुख्या र उनको श्रीमान वासुदेव मुख्या चिया खाएर घर फर्किरहेकोबेला पछाडीबाट मोटरसाइकलले ठक्कर दिएको थियो । मान्छेको भिड जम्मा हुँदा पनि मोटरसाइकल चालक भागेको थियो । आफन्तहरुले घाइते मुखियालाई ईनरुवा अस्पताल लगेको थियो । सामान्य उपचार पछि घाइतेलाई विराटनगरको गोल्डेन हस्पिटल लगि उपचार गराएको थियो । गोल्डेन हस्पिटलमा २५ हजार डिपोजित गर्न भनिएको थियो, रकम तत्काल जम्मा नहुदा घाइतेले थप सास्ती भोग्नुपरेको मुख्याकी बुहारी उर्मिला देवी मल्हाले जानकारी गराए । उनले भनिन् “ बाटोमा हाँस कुखुरा किचिदा त्यसको क्षतिपुर्ति पाईन्छ तर मेरो साँसुको हात भाचिएपनि क्षतिपुर्ति पाएको छैन ” ।
दैनिय अवस्थाका घाइते मुख्याको अवस्था प्रस्ट देख्न सकिन्थ्यो । न उनिहरुसँग उपचार गरेको पुर्जानै थियो नत औधषी नै नत कोही सरोकारवालाले चाँसोनै लिएको पाइयो । घटनाको बारेमा नजिकैरहेको वडाकार्यालयमा बुझन खोज्दा आधिकारिक जानकारी नभएको वडाका कर्मचारीले बताए । पिडित भन्छन स्थानिय सरकार गाउँमै छ तर गरिवको हाल खवर बुझ्ने कोही छैन ।
स्थानिय सरकार लागु भए सँगै बाटोघाटोमा पशुपंक्षि दुर्घटना हुदा क्षतिपुर्ति सवारी चालकले हैन पशु पालकले दिनुपर्ने हुन्छ भन्ने नियम हुँदाहुँदै सवारी धनीलेनै क्षतिपुर्ति दिनुपरिरहेको अवस्थामा मान्छे घाइतेहुँदा पनि सहि उपचार नपाउनु कहाँसम्मको न्याय हो ? यस प्रशनमा छिमेकीहरुले आफुहरु आवाज उठाउदा अप्ठेरोमा पर्ने डरले चुप लागेको बताएका छन् । पिडितले आफुहरु कसैसँग गुहार नगरेको भएपनि सम्बन्धित पक्षले थप उपचारकोलागि सवारी चालकसँग समन्वय गरिदिनकालागि अपिल गरेको छ ।