सुनिल चौधरी
झुम्का,फाल्गुन १२ । रामधुनीका सामुदायीक बिध्यलयहरुमा शैक्षिक सुधार अभियानकालागी “पुस्तक कुना”राख्न प्रध्यानाध्यापकहरु संग छलफल भएको छ । बिश्व बैंकको आर्थिक सहयोगमा वल्र्डभिजनको प्राबिधिक सहयोग र सेभ द अर्थ नेपालको सहजिकरणमा किताब परियोजना तथा डिजिटल बिताब बजार सम्बन्धि एक दिने छलफल भएको हो ।
कक्षा १ देखि ३ सम्मको कक्षगत रुपमा “पुस्तक कुना” राखिने जनाएको छ । विद्यार्थीलाई बिषयगत पाठ्यपुस्तक बाहेकका पुरक पाठय सामाग्रीको पहुच पुर्याएर गुणस्तरीय एवम् प्रभावकारी शिक्षा पुर्याउने सकिन्छ भन्ने उद्देश्यले अभियान अगाडि बढेको छलफलमा सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले बताए । उपयुक्त कक्षा कोठा, शिक्षक र विद्यार्थीको उपयुक्त अनुपात, समयभित्रै निशुल्क पाठ्यपुस्तकको उपलब्धता, बालिकाका लागि विद्यालयमा शौचालयको सुविधा र कक्षाकोठामा पुस्तक कुना रहनुपर्ने पाँच आधारमा सरकारी नीति अनुरुप अभियान अगाडि बढाइएको उन्ले बताए । भट्टराईका अनुसार सुनसरी र मोरंगका समपुर्ण बिध्यालयकालागी योजना रहेको जानकारी दिए ।
बिध्यार्थिको उमेर अनुसारको पाठ्य सहयोगी सामाग्री ५० प्रकारका राख्नु पर्ने छ । सेभ द अर्थले “क” र “ख” श्रेणी बिभिाजन गरी पुस्तक उपलब्ध गराईने जनाएको छ । “क” श्रेणीले ५ वटा किन्नु पर्ने छ भने ४५ वटा संस्थाबाट अनुदान दिईने छ । “ख” श्रेणीले १० वटा खरिद गर्दा ४० वटा भने संस्थाले उपलब्ध गराउने जानकारी दिए । कक्षा कोठाको एक कुनामा पुस्तकहरु राख्ने र्याक बिध्यलयलेनै ब्यहोर्नु पर्ने सो संस्थाकी प्रिति गीरीले योजनाबारे जानकारी गराउदै सो कुरा बताईन् ।
रामधुनीमा प्राबि,निमाबि,माबिगरी सामुदायीक बिधयलय २५ वटा छन् भने २ दुई मदरसा छन् । छलफलमा शिक्षण सिकाई प्रभावकारीकालागी किताब परियोजना आवश्यक रहेको सहभागीहरुले बताए । नगरपालिकाको सभाहलमा भएको छलफलमा रामधुनीका उपमेयर सबिना चौधरी,प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपाने,नगर शिक्षा प्रमुख राजन गेलाल तथा प्रत्येक बिध्यालयका प्रध्यानाध्यापकहरुको उपस्थिती रहेको थियो ।

 

    

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen