सुनिल चौधरी
झुम्का,फाल्गुन । रामधुनी वडानं. १ डुमैरीया टोलमा आगलागीबाट घर सहित सम्पुर्ण सामान जलेर नष्टहुदा पिडित चुमकलाल चौधरीलाई गास,वास,कपासको समस्या भएको छ । सुक्रवार भएको आगलागिमा परि घरगोठ तथा अन्नपात,लत्ताकपडा गुमाएका आगलागी पिडित चौधरीका दुई बर्षकी छोरी सहित छिमेकीको घरमा वास बस्न बाध्य भएका हुन् ।
आगलागीबाट एक घर जलेको छ भने दुई गोठ जलेर नष्ट भएको हो । एकै घरमा राखिएको दुई दाजुभाईको सामान जलेको छ । चुमकलाल चौधरीको अन्नपात,लताकपडा, गरगहना,जलेको छ भने महेश चौधरीको लताकपडा जलेको जानकारी दिए ।
अवस्था र परिस्थती हेर्दा तत्काल चुमकलाल चौधरीलाई समस्या देखिएको छ । दैनिक ज्यालादारी गर्दै आएका पिडित चुमकलाल चौधरीले खरानि भएको घरलाई हेर्दै भने आगलागीबाट मानविय क्षति नभएपनि अन्य सबै कुरा जलेर नष्ट भएको बताए । आगलागीमा परि नागरिकता लगायतका सबै कागजात जलेको उनीहरुले बताए । आगलागीबाट रु ८ लाख भन्दा बढि मुल्यबराबर क्षति भएको प्रहरीले जनाएको छ । आगलागीहुदा परिवारका सदस्य सबैजना बाहिर रहेकाले कुनै पनि घरका सामान जोगाउन पाएनौ सबै खारानि भएको उन्को आमा मंगली देवि चौधरीले बताईन् । छोरा,बुहारी,नातिनि र आफुले लगाएको कपडा मात्र बाँकि रहेको अरु सबै जलेको उन्ले बताईन् । आगलागीले गास,वास, कपासकै समस्या निमत्याएको पिडित चौधरीले बताईन् ।
राहत स्वरुप स्थानिय टोलवासीहरुले पिडितलाई चुराभुजा,लताकपडा संकलन गरेर तत्कालकालागी सहयोग गरेका छन्. । आर्थिक अवस्था कमजोर रहेकाले पिडित परिवारलाई समस्या बल्झिदै गएको छ । त्यसकारण घर टहरा निर्माण गरि पुर्नस्थापित हुन सहयोगको आवश्यक देखिएको छ ।

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen