सुनिल चौधरी
झुम्का । झुम्का बजार बिकासमा सुनसरी मोरंग सिंचाई आयोजनाको नहरबाटो ब्यवसायीक बाटोको रुपमा देखिदै गएको छ । राजमार्ग संगै जोडिएको नहरबाटो हुदै झुम्का आएर अन्य ठाउँको गन्तब्य लाग्ने र ब्यवसायीक रुपमा अन्य बजारकालागी ढुवानि नहरकै बाटो भएर हुने गर्दछ ।
राजमार्गको दायाँ वायाँ सिमित रहेको झुम्का बजार नहर उत्तर तर्फबाट प्रकासपुर,चतरा, चक्रघट्टीबाट झुम्का आउने गरेको छ भने दक्षिण तर्फबाट एकम्बा,मधैली,चाँदवेलाबाट किनमेलकालागी झुम्का आउने गरेकोले नहरको बाटो ब्यवसायीक रुप लिएको हो । नहरकै बाटोले झुम्का बजार हुदै सदरमुकाम ईनरुवा,धरान,ईटहरी बिराटनगरको गन्तब्य बन्ने गरेको छ । त्यसैले झुम्का ‘जक्सन’ को रुपमा समेत रहेको छ । रामधुनी वडा नं. १ र ५ मा पर्ने झुम्का बजार बिकासमा राजमार्ग पछि दोस्रो प्रमुख भुमिका रहेको छ सिंचाई नहरको बाटो । त्यसैगरी नहरहुदै सिंगीया रामधुनी मन्दिरबाटो,बनिगाउँ हुदै सिवनगर डुम्राहा, सिवचौक हुदै सिनुवारी सैनिमैनि बाटो समेत ब्यवसायीक बाटोनै हुन् ।
रामधुनिका भित्रि बाटोहरु रोडमा परिनत भईरहेको बेला राजमार्ग पछि दोस्रो प्रमुख ब्यवसायीक बाटोको रुपमा रहेको नहरबाटो भने स्तरउन्नतीमा समस्या हुने गरेको छ । दैनिक रुपमा सार्वजानिक यातायाता समेत चल्दै गरेको नहरबाटो सिंचाई योजना अनुसार मर्मत हुने भएकोले रामधुनी नगरपालिकालाई योजनामा ल्याउन समस्या हुने गरेको छ । बाटोमा धुलोले छोप्ने गरेको छ भने खाल्डोका कारण दुर्घटनाको पनि जोखिम छन् । त्यसकारण झुम्का राजमार्ग उत्तर सिंगिया रामधुनी मन्दिर जानेबाटो जोड्ने सम्म र दक्षिण भादगाउँ हक्राहा खोला सम्म भएपनि रोड बन्न सके बजार बिस्तारमा सहयोग हुने नगरबासिको बुझाई रहेको छ ।
यता पकली कान्छि चौक देखि चतरा सम्म बाटो स्तरउन्नती भईरहेको छ । बैकल्पिक राजमार्गको रुपमा निर्माणधिन रहेको हुदा सो बाटो सञ्चालनमा आउनासाथ दुर्घटना र धुलोले आजित नहरको बाटो भएर आउजाउ गर्ने कमै हुन सक्छ । यसकारण झुम्काबजार सम्म आउनेहरुको संखयामा घटेर जाने अवस्था सिर्जना हुनसक्ने बिचारणिय रहेको छ । लगानि गर्ने समभावित ब्यापारी उधोगीहरु कुन अवस्था लिन्छन् भन्ने बारेमा नगरपालिकाले बिचार गर्नु आवश्यक देखिन्छ । यसैगरी एकम्बा चाँदवेलाकालाई ईटहरी पायक पर्ने अवस्था ल्याउन ईटहरी नगरपालिकाले गैसार हुदै लोहनि टोल नहर सम्म रोड बनाई सकेका छन् । रामधुनी नगरपालिकाले भने त्यो अवस्थाको सिर्जना गर्न सकेको छ्रैन ।
ब्यवसायीक बाटोको स्तरउन्नती संगै अबको झुम्का बजार बिकासमा कस्तो परिकल्पना गर्ने बिषयमा यहाका बयापारीहरु चिन्ता ब्यक्त गरेका छन् । सामाजिक अगुवाहरुले चिन्ता जताएका छन् । बजार आएकाहरुलाई होल्ड गर्ने अवस्था के रहने भन्ने बारेमा कुरा पनि उठान हुन थालेको छ । पछिल्लो अवस्थामा बजार भएर आउजाउ मात्र हुन थालेकोले होल्ड गर्न सक्ने सिर्जनाहरु ल्याउनु पर्ने बताए । झुम्कानै किन आउन लगाउने भन्ने बिषयमा सोच बनाउनु पर्ने बताउछन् ब्यापारीहरुले ।
साबिक देखिनै किराणा पसल गर्दै आएका ब्यापारी सुरेश चौधरीले रामधुनी बिकास संगै झुम्का बजार बिस्तारमा खाका कोर्नु पर्ने बताए । जनप्रतिनिधिहरुले परिकल्पना सहित खाँका अनुसारले नै बिकास गर्दा बजार बिस्तारमा सहयोग हुने चौधरीले बताए । सिचाई पनि सरकारकै मातहतमा रहेकोले नहरबाटो मर्मत जिम्मा स्थानिय तहले लिनुपर्ने ध्यानआकर्षण गराउन चाहेको छ ।
झुम्का भन्दा पुरानो बजार पकली,बक्लौरी रहेको बताउछन् झुम्का नामाकरण डकुमेन्ट्रि निर्माणकर्ता तथा कालाकार पर्शुराम चौधरीले । पकली र बक्लौरी सिमित रहयो भने नहरबाटोलेनै झुम्का परिवर्तनमा आएको बताए । ऐतिहासिक तर्क दिदै चौधरीले भने झुम्का बजार बसाउने क्रम्मा राजमार्ग र नहर रहेको देखिदैन गाई बस्तु चराउने बैठारको रुपमा रहेको थियो झुम्का । झुम्का नामाकरण पुर्व बनिगमाधाति नाम रहेको बताउछन् चौधरीले । पकलीमा जमघट हुने स्थान बन्दै बजारकै रुपमा परिवर्त भईरहेको अवस्था थियो । पछि गएर बनिगमा धाति भएर सिंचाई नहर आए र नहरको बाटो बिस्तार संगै राजमार्ग समेतको प्रभावले यस ठाउँमा ब्यवसायीक दृष्टिले बिकास हुन थालेको बताए । त्यसैले दोस्रो प्रमुख ब्यवसायीक रुपमा रहेको नहरबाटो स्तर उन्नती हुन नसके बिकल्प खोज्नु पर्ने चौधरीले बताए ।
पकली कान्छि चौक देखि चतराको बाटो पहिलेको प्रमुख राजमार्ग रहेको बताउछन् भरौल निवासी तथा भासिमाबि पुर्व प्रध्यानाध्यापक सत्यनारायण धामी । पछि ईनरुवा तर्फ लगेको जानकारी दिए । राजमार्ग र नहरबाटो क्रस भएर जादा जकसनको रुपमा स्थापित हुदै झुम्का बजार बिस्तार हुन सकेको बताउदै पकली चतरा बैकलिपक राजमार्गले प्रभावित हुनसक्ने मुल्याङ्क गरे । यसैले रामधुनी नगरपालिकाले रचनात्मक उपायहरु खोज्नु पर्ने धामीले बताए । शुरेस चौधरी,पर्शुराम चौधरी,सतयनारायण धामि लगायतका ब्यापारी,प्रवद्र्धनकर्ता, शिक्षक, बुद्धिजिवि तथा जानकारहरुले चिन्तन मनन् गरेका छन् ।
झुम्कामा होल्डकालागी अस्पताल,पार्क, धार्मिक मठमन्दिर पर्यटकीय स्थल,जात जातिका होमस्टे प्रवद्र्धन गर्नु पर्ने आवश्यक्ताहरु औल्याएका छन् जानकारहरुले । रामधुनी नगरपालिकाले ल्याएको रिङ्गरोडको अवधारणा योजनाको कार्यन्वयनमा ध्यान दिनु पर्ने औल्याएका हुन् । नगरभित्र राष्ट्रिय तथा प्रदेश स्तरको योजनाको पहल गर्नु पर्ने अवस्था हुन सक्ने छन् । नगरपालिकाले आन्तरीक रुपमा आर्थिक स्रोत बृद्धि गर्दै आत्मनिर्भर हुन सक्ने क्षमता बनाउनु पर्ने जानकारहरुले बताउछन् ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen