सुनिल चौधरी
झुम्का,फाल्गुन ५ । ईलाका प्रहरी पकलीलले जनता सुरक्षा संगै सरसफाई कार्यक्रम अगाडी बढाएको छ । जनताको स्वथ्य सुरक्षाकालागी झुम्का बजारमा आईतवार सरसफाई अभियान चलाएको हो ।
प्रहरी समुदाय कार्यक्रम अन्तर्गत हाम्रो झुम्का राम्रो झुम्का,हरप्रहर गाउँ र नगरी,टोल टोलमा नेपाल प्रहरीको नारा सहित बजार भरी सरसफाई अभियान गरेको पकली प्रहरी निरिक्षक जितेस दाहालले बताए । एक कार्यक्रम गर्दै सरसफाई गरेका हुन् । मेयर जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा सरसफाई कार्यक्रम सञ्चालन भएको हो ।
सरसफाई कार्यक्रममा सहभागी हुर्दै मेयर चौधरीले नगरवासिको स्वस्थय सुरक्षामा चिन्ता ब्यक्त गरेका छन् । स्वस्थय रहन सरसफाई हुन आवश्यक रहेकोले नगरपालिकाले निरन्तर अभियान चलाई रहेको जानकारी दिए । रामधुनीको दिर्घकालिन फोहोर ब्यवस्थापनमा प्रदेश सरकारबाट साथ र सहयोगकालागी प्रकृयाहरु अगाडी बढाई रहेको जानकारी दिए । त्यसैगरी प्रहरी जनताको सुरक्षाको बिषयमा मात्र हैन देश बिकास समृद्धिमा जनताकै साथी भएर सहभागी हुन चाहेको पकली प्रहरीका प्रहरी उपरिक्षक राजन अधिकारीले बताए । यसै उधेश्य लिएर सरसफाई कार्यक्रम अभियान चलाएको प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिएका हुन् ।
सरसफाई कार्यक्रममा प्रहरी,जनप्रतिनिधि मेयर,उपमेयर,वडाअध्यक्ष,वडासदस्य,नगरपालिका कर्मचारी,झुम्का उधोगबाणिज्य संघ,ब्यापारी,उधोगी,समाजसेवि लगायत सर्वसाधारणहरुको सहभागीतामा झुम्का बजार सरसफाई गरेका हुन् । सरसफाईकालागी रामधुनि नगरकार्यपालिका र झुम्का उधोगबाणिज्य संघको सहयोगमा गरेको ईलाका प्रहरी पकलीले जानकारी दिए ।

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen