सुनिल चौधरी
झुम्का,फाल्गुन ४ । संस्थागत बिध्यालयको छातासंगठन रामधुनी प्याबसन नगर समितिले आयोजना गरेको खेल्कुद सप्ताहमा उत्कृष्ट भएका बिध्यार्थिहरुलाई पुरस्कार बितरण गरेको छ । बिभिन्न बिधामा खेलकुद गराउदै सनिवार उत्कृष्ट बिध्यार्थिहरुलाई मेडल,ट्रफी,सिल्ड बितरण गरेको हो ।
सप्ताहब्यापी रुपमा सञ्चालन गरेको खेल्कुदमा फुटबल अन्तर्गत प्राइमरी र सेकेन्ड्री,भलिवल प्राईमरी महिला र पुरुष,टिटि बेसिक लेभल, लङ्गजम्प,छेलो,दौड,चकलेट रेस,ब्याडमिटनमा अन्तरबिध्यालय प्रतियोगीता गराएका हुन् । प्रतियोगीतामा उत्कृष्टलाई रामधुनी उपप्रमुख सबिना चौधरीको प्रमुख आतिथ्यतामा उत्कृष्ट बिध्यार्थिलाई सम्मान गर्दै पुरस्कृत गरेका हुन् ।
सहभागी बिध्यालय मध्ये लर्डबुद्ध ईन्टर नेशनल बोर्डिङ्ग स्कुलले उत्कृष्ट स्थान हासिल गर्दै बिभिन्न मेडल,ट्रफी,सिल्ड जितेका छन् । रामधुनी ५ स्थित रहेको सो बोर्डिङ्गका बिध्यार्थिहरुले उत्कृष्ट प्रदर्शन गर्दै ५ वटा गोल्ड मेडल,३ सिलभर मेडल,२ ब्राउन्ट मेडल जित्न सफल भएको प्रिन्सिपल तथा प्याबसन रामधुनीका उपाध्यक्ष समेत रहेका अर्जुन न्यौपानेले जानकारी दिए । यस लगायत सहभागी संस्थागत बिध्यालयले समेत मेडल हातपार्दै उत्कृष्ट हुन सफल भएको छ ।
किताबि शिक्षा संग संगै बिध्यार्थिलाई हरेक क्षेत्रबाट चौतर्फि बिकास गर्ने उधेश्यले प्याबसन रामधुनीले प्रथम खेलकुद सप्ताह आयोजना गरेको नगर अध्यक्ष बाबुराम खड्काले बताए । निजिबिध्यालयको हकमा राज्यको स्पष्ट शिक्षा निति लागु हुनुपर्ने बक्ताहरुले बोलेका छन् । संस्थागत बिध्यालयले शिक्षा क्षेत्रमा उलेख्य भुमिका खेलेको भन्दै संरक्षणकारी निति ल्याउनु पर्ने बताए । कार्यक्रममा प्याबसन जिल्लाका अध्यक्ष बिष्णु कोईराला,जिल्ला सल्लाहकार कबिन्द्र मण्डल,७ नम्बर वडाअधयक्ष केशव गौतम,नगर शिक्षा शाखा प्रमुख राजन गेलाल,नगर सल्लाहकार प्रेमनारायण ढकाल बोलेका थिए ।