सुनिल चौधरी
झुम्का,फाल्गुन ४ । स्थानिय उत्पादित बस्तु सदुपयोगकालागी रामधुनीमा मिक्स अचार,चिप्स,शस्,भुजिया बनाउने तलिम दिएको छ । ग्रामिण समाज उत्थान केन्द्र सुनसरीले ग्रामिण किसान महिलाहरुलाई आयआर्जनको पाटोलाई बलियो बनाउन तिन दिने सिप बिकास तालिम दिएको हो ।
बिहिवार सञ्चालन भएको तालिम स्थानिय उत्पादनबाट बिभिन्न खानेकुराहरुको परिकार बनाउन सिकाउदै सनिवार समापन गरेको छ । सहभागी शक्ति चौधरीले तालिमबाट सिप सिकेर उपलब्धि पाएको बताईन् । तालिमबाट उन्ले मिक्स आचार,आलु चिप्स,दालमोट भुजिया,टमाटर शस बनाउन सिकेको बताइन् । सिप नहुदा उब्जाएको तरकारी त्यतिकै खेर गैरहेको अवस्थामा थियो । यसबाट धेरै घाटा समेत बेहुर्नु परेको तरकारी खेति गर्दै आएकी चौधरीले बताउदै अचार बनाउने तालिम लिएपछि अबका दिनमा तरकारीबाट फाईदालिने र नयाँ बस्तु उत्पादनले उचित बजार मुल्य पनि पाउने बिश्वास ब्यक्त गरिन् ।
त्यसैगरी अर्का सहभागी बबिता चौधरीले तालिम लिएर ब्यवसायकि बन्ने धारणा लिएको बताईन् । बारीमै उत्पादन भएको बस्तुबाट बजारमा बिक्रिगर्न राखेको जस्तै स्वाद,ब्राण्ड,लेबल गर्न सिप सम्बन्धि ज्ञान आर्जन भएको भन्दै ब्यवसायकि बन्ने सोच पलाएको चौधरीले बताईन् । यसबाट श्रीमानलाई घरब्यवहार चलाउन आर्थिक सहयोग गर्न सक्ने भएपछि खुसिहुदै आयोजकलाई धन्यवाद ब्यक्त गरिन् ।
सिप बिकासकालागी तिन दिन खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय ईनरुवाका बिक्रम लिम्बु र टंक भटराईले तालिम दिएका थिए । तालिम समापनमा सिप परियोजना संयोजक सन्तोष चौधरीले सहभागी सबैलाई साना धरेलु ब्यवसाय अन्र्तगत उधोग सञ्चालन सुरु गर्न सुझाव दिदै प्रतिबद्धता गराए । तािलममा रामधुनी लगायत,मधैली,नरभषा,एकम्बा,उब्धीका २४ जना महिलाहरु सहभागी रहेको थियो । तालिम झुम्का रेडक्रस भवनमा भएको आयोजकले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen