सुनिल चौधरी
झुम्का,माघ १ । सुनसरीका किसान मटरकोसामा आकर्षित भएका छन् । खेसारी,तोरी,मुसरीको दाल भन्दा मटरको उत्पादन बढि हुने र बजारमा सहजै माग रहेकोले ईटहरी १८ डकहाका किसानहरु मटरकोसामा आकर्षित भएका हुन्् ।
बजारमा ब्यपारीहरुले माग गर्दा डकहाका अगुवा किसानले १६ कठ्ठामा मटर लगाएर उत्पादन गरेका छन् । मंसिर १५ गते बिउ राखेकोमा फाल्गुन १ गतेबाट कोसा टिप्ने तयारी भएको छ । तरकारीबालिमा पर्ने मटर ७५ दिनमै लगानि भन्दा चार गुणा उत्पादनले रु चार लाख हातपर्ने बेलाहुदा अगुवा किसान दिपक चौधरी खुसिछन् । एउटा बिरुवामा सात देखि आठ स्टेप फलेको र कोसामा १० दाना भएकोहुदा प्रतिकठ्ठा सात क्न्टिल उत्पादन हुने अनुमान गर्दैे १६ कठ्ठाबाट रु चारलाखको आम्दानि हुने बताए । बिउ लगाउदा देखि उत्पादन सम्म ७० हजार खर्च रहेको बताउदै उत्पादन अनुसार लगभग दुई लाख सम्म फाईदा हुने अनुमान गरिएको छ । ब्यापारीले प्रति केजि रु ४० रुपैयाले लिने गरेको बताए । चौधरी अगुवा किसानको रुपमा ब्यवसायीक तरकारी खेति गर्दै आएका छन् । ’मटर खेतीलाई जम्माजम्मी रोप्ने ठाउ“ बनाउन र थाङ्ग्रा हाल्न मात्र मेहेनत गर्ने हो त्यसपछि वास्ता गर्नुपर्दैन,’बीउ रोपेर कोसा टिप्दै गरेका आम्दानिको प्रतीक्षामा बसेका चौधरीले सुनाए, धेरै मल नहालेरपनि मनग्गे उत्पादन भएको बताए । कोसा टिप्नकालागी ८ जना जनालाई लगाएको छ । टिप्ने सम्म उनीहरु रोजगार पनि भएका छन् ।
आधुनिक तरिकाबाट खेति गर्दा उत्पादनमा बृद्धि भएको बताए । किसान चौधरीका अनुसार वल्र्ड भिजनको सहयोगमा ग्रामिण समाज उत्थान केन्द्र सुनसरी(आरएसडिसि)ले ब्यवसायीक तरकारीखेति सम्बन्धि तालिम लगायत उत्पादन बृद्धिहुने समाग्री सहयोग गरेको बताए । आरएसडिसिको सहयोगमा मर्चिङ्गबाट घियु सिमि,टमाटर,सुन्य प्रबिधिबाट लसुन,आलु समेत लगाएका छन् ।


तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen