सुनिल चौधरी
झुम्का,माघ २९ । रामधुनीको झुम्कामा गएराति एक जानाको संकासपद मृतयु भएको छ । वडा नं. १ झुम्काको राजमार्ग छेउमै रहेको सिव चौक निवासि नरबहादुर क्षेत्रिको उनको आफनै घरमा संकासपद मृत्युहुदा प्रहरीले अनुसंधान गरिरहेको छ ।
८७ बर्षिय क्षेत्रिको मृत्यु भएको मंगलवार बिहान खवर हुदा प्रहरीले प्रकृति हेर्दा संकासपद लागेर अनुसंधान गरिरहेको छ । मृतक क्षेत्रिको टाउकोमा चोटपटक लागेको अवस्था रहेको छ भने घरबाट एलईडी टिभि चोरी भएको स्थानियहरुले बताएका छन् । हत्या भए नभएको भने अनुसंधान भईरहेको ईलाका प्रहरी पकलीका प्रमुख जितेस दाहालले बताए ।
मृत्यु भएको प्रहरीलाई खवर हुनासाथ मंगलवार बिहानै कुकुर मार्फत अनुसंधान गरेका थिए । अनुसंधानकालागी खटिएको कुकुर क्षेत्रिय कृषि तालिम केन्द्र फर्मको गेट नजिकै राजमार्गमा अलमलिदा बिफल भएको जानकारीमा आएको छ । बिहानै देखि अनुसंधान गरि रहेको टोलि दिउँसो २ बजे सम्म पनि अनुसंधान मै रहेको छ । ईलाका प्रहरी पकली लगायत जिल्लाबाट आएका प्रहरीहरु अनुसंधानमा जुटेका छन् ।
मृतक क्षेत्रि घरमा एकलै बस्दै आएका थिए । क्षेत्रि गाईबस्तु पालन गर्दै आएका छन् । सधै चारै बजे उठ्ने ब्यक्ति बिहान अबेर सम्म चहल पहल नगर्दा स्थानियहरुले उन्का छोरालाई खवर गरेका थिए ।

घटना संकासपद………………..
घटना संकासपदनै रहेको स्थानियहरुले बताए । तिन तले घरको भुई तल्लाको चेन गेट ताल्चा लागेको अवस्था रहेको भएपनि दोस्रो तल्लाको कोठामा बस्दै आएका क्षेत्रिको सुत्ने कोठाको ढोका र प्यासेजको चेन गेट खुल्लै रहेको अवस्था देखिएको थियो । बस्दै आएको कोठाको दोस्रो तल्लामा बाहिरबाट जान पनि सजिलै रहेको स्थानियहरुले बताए । त्यसैगरी मृतकको कंचटमा चोट रहेको देखिन्छ । एलईडि टिभि चोरीएको अवस्था रहेको छ ।

संकासपदको दुई अवस्था ………………..
चोरले चोरी गर्न आएको हुन सक्ने र सो चोरलाई पहिचान भएको हुदा हत्या गर्न सक्ने अवस्था हुन सक्ने रहेको छ । अर्को भने क्षेत्रिको नजिकैको चिन जानकै दुशमनी हुन सक्ने स्थानियहरुले अड्कल गरेका छन् । अनुसंधान जारी रहेकोले हत्यानै भएको भन्न सकिने भने अवस्था छैन ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen