सुनिल चौधरी
झुम्का,माघ २७ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ । विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन् ।
सरस्वती पुजाको अवसरमा रामधुनी नगरका सामुदायीक र निजि बिध्यालयहरुमा सरस्वती देविको मुर्ति राखि पुजा अर्चना गर्दै छन् । बिध्यार्थिकहरुले आ–आफना अध्यन गर्ने बिध्यालयमा बिहानै पुजा पाठकालागी पुगेका छन् । भादगाउँ सिनुवारी माध्यमिक बिधयालयमा बिध्यार्थिहरु फुल अच्छता,लड्डु चढाई पुजा गर्दै कामना गरेका छन् । रामधुनि ५ स्थित लर्डबुद्ध ईन्टरनेशनल बोर्डिङ्ग स्कुलमा बिध्यार्थिहरु अच्छता टिकाका साथै पञ्चाअर्मित ग्रहण गर्दै पुजापाठ गरेका छन् । रामधुनी नगरका प्रत्येक बिध्यालयहरुमा बिधयार्थि,शिक्षक,अभिभावहरु बिहानै देखि उपस्थिती रहेको देखिन्छ देखिन्छ ।
आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ । बिध्यार्थिहरुले शैक्षिक सामाग्रीलाई पुजा पाठ गरिन्छ । सङ्गीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ ।सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ ।

  

तपाईको प्रतिक्रिया

sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen
Ramdhuni Idol Magh 26 final round Download Listen
prem ke sanesh new episod Download Listen
रामधुनी बहसमा फिल्मकर्मीहरु संगको कुराकानी Download Listen
Radio Ramdhuni Station ID Download Listen