सुनिल चौधरी
झुम्का,माघ २६ । रामधुनी नगरपालिकाले महिला शसक्तिकरणकालागी ल्याएको नयाँकार्य योजनाबारे अभिमुखिकरण गरेको छ । नयाँयोजना प्रभावकारी बनाउन महिला जनप्रतिनिधिहरुलाई दुई दिने अभिमुखिकरण गरेको हो ।
सुक्रवारबाट दुई दिने तालिम सञ्चालन गर्दै स्थानिय तहमा महिलाको भुमिका,समावेसिशकरण र लैगिंक सम्मानता बारेमा जानकारी गराएको छ । सहायक प्रशासकिय अधिकृत मोहन सिंह दर्जिले सो बिषयमा सहजिकरण गरेका छन् । शैक्षिक ब्यवस्थापनमा महिलाको भुमिका र बिध्यालय ब्यवस्थापन समितिमा बालबालिका र महिला सहभागीता सम्बन्धि शिक्षा शाखा प्रमुख राजन गेलालले सहजिकरण गर्दै जानकारी दिएको छ । महिला बिकास कार्यक्रमको असल अभ्यासहरुको स्थानिय स्तरमा अनुसरणकालागी महिला बालबालिका शाखाका सरस्वति ढुंग्गानाले सहजिकरण गरिन् ।
त्यसैगरी सनिवार ऐन कानुन सम्बन्धि अधिबक्ता प्रदिप काफलेले सहजिकरण गरे । घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ तथा नियमावली २०६७ को बारेमा जानकारी दिए । नेपालको संबिधानमा महिला अधिकार सम्बन्धि ब्यवस्था र लैगिंक हिंसा निवारणमा न्यायिक समितिको भुमिका बारेमा अधिबक्ता काफलेले अभिमुखिकरण गरेका हुन् ।
अभिमुखिकरणमा उपप्रमुख सबिना चौधरी लगायत कार्यपालिका महिला सदस्य र वडा महिला सदस्यहरुको सहभागीता रहेको अभिमुखिकरण संयोजक महिला बालबालिका नगर शाखा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen
Ramdhuni Idol Magh 26 final round Download Listen
prem ke sanesh new episod Download Listen
रामधुनी बहसमा फिल्मकर्मीहरु संगको कुराकानी Download Listen
Radio Ramdhuni Station ID Download Listen