सुनिल चौधरी
झुम्का,माघ २२ । अपाङ्गता भएका ब्यक्तिहरुको ऐन २०७४ ले दिएको अधिकार कार्यन्व्यनकालागी मंगलवार छलफल भएको छ । नेपाल अपाङ्गता नगर समिति रामधुनीको आयोजनामा रामधुनी नगरपालिकाका जनप्रतिनिधिहरुको उपस्थितिमा ऐन अन्तर्गत रहेका अधिकारहरुको बुद्धामा छलफल भएको हो ।
अपाङ्गताहरुको परिचय पत्र,माध्यमिक तह सम्म निशुल्क शिक्षा, अपाङ्गमैत्रि भौतिक संरचना निर्माण,छात्रबृत्ति तथा आर्थिक सहयोग,सहायक सामाग्री सहजरुपमा उपलब्ध हुनु पर्ने जस्ता अधिकारहरु स्थानिय तहले कार्यन्व्यन गर्नु पर्ने बिषयमा छलफल गरेको अपाङ्गता नगर समिति अध्यक्ष डिल्ली चौलागाईले बताए । भेदभाव, अपाङ्गता भएका ब्यक्तिका सन्ततीको लागी शिक्षाको ब्यवस्था,सामाजिक उत्तरदायित्व,सवारी साधनबाट यात्रा गर्दा सहुलियत र छुट,खेलकुदमा सहभागी गराउने साँस्कृतिक अधिकार तथा मनोरंजन,सामाजिक सुरक्षाका अधिकार कार्यन्वयन गराउन जनप्रतिनिधिहरुसंग छलफल गरेको बताए । त्यसैगरी पुनस्र्थापना कोषको स्थापना र सञ्चालन,निशुल्क स्वथ्यमा पहुच,सहुलियत दरमा ऋण,गुणस्तरीय शिक्षामा पहुच अभिबृद्धि लगायतका उल्लेखित अधिकारहरु कार्यन्वयन गर्नुपर्ने माग गरे ।नगर उपप्रमुख सबिना चौधरीको सभापतित्वमा अपाङ्गता जिल्ला समितिका अध्यक्ष खुबलाल चौधरीले ऐन २०७४ अन्तर्गत ब्यवस्था रहेको अधिकारका सवालमा सहजिकरण गरेका थिए । उन्ले अपाङ्गताका किसिम र परिचयहरु समेतको बारेमा जानकारी दिदै ऐनमा रहेको अधिकारको कार्यन्वयका चरणहरुको बारेमा बताएका थिए ।
छलफलमा नगरप्रमुख जयप्रकाश चौधरी लगायत कार्यपालिका सदस्यहरु उपस्थिती रहेको थियो । सम्बन्धित कार्यन्वयन गर्ने पक्षका वडाअध्यक्षहरुको सहभागी नहुदा आयोजक समितिले गुनासो गरेका थिए । नगर प्रमुख र उपप्रमुख उपस्थित भएपनि वडामा कार्यान्वयनकालागी वडाअध्यक्षहरुको प्रत्यक्ष सहभागीताको अपेक्षा गरेका थियौ तर उहाहरुको अनुपस्थितले मनोबल घटाएको भन्दै नगर समिति अध्यक्ष चौलागाईले बताए ।