सुनिल चौधरी
झुम्का,माघ २० । पुर्वप्रहरी हकहितकालागी रामधुनीमा आईतवार नेपाल प्रहरी रामधुनी नगर कार्यसमिति गठन भएको छ । पुर्वप्रहरी निरिक्षक चित्र बहादुर कार्कीको सभापतित्वमा समिति गठन भएको हो ।
पुर्वप्रहरी नायब उपरिक्षक हरीनारायण चौधरीको संयोजकत्वमा भएको बैठकले समिति गठन गरेको हो । नगरसमिति इकाईमा अध्यक्ष कार्की सहित उपाध्यक्षमा पुर्वप्रहरी नायब निरिक्षक राजकुमार श्रेष्ठ,सचिवमा पुर्वप्रहरी हवल्दार प्रगती कुमार चौधरी,कोषाध्यक्षमा पुर्वप्रहरी हवल्दार श्री प्रसाद तिवारी चयन भएका छन् ।
समितिको सदस्यमा पुर्वप्रहरी हवल्दार रामचन्द्र चौधरी,पुर्वप्रहरी जवान राजन कार्की,पुर्वप्रहरी हवल्दार प्रेम बहादुर खड्का,दण्डराज थापा,श्यामकुमार श्रेष्ठ,पुर्व प्रहरी नायब निरिक्षक बाबुराम कार्की र बाबुराम श्रेष्ठ चयन भएका हुन् । समितिले पुर्वप्रहरीहरुको हकमा कामगर्ने बताए । दुई चारबर्ष कामगरी छाडेका हकमा पनि यस समितिले कार्य गर्ने बताए । समिति गठन पछि हामि पुर्व प्रहरी एकत्रित भएका छौ अध्यक्ष कार्कीले भने बचत संकलन, एक आपसमा सहयोग तथा सामाजिक कार्यलाई अगाडी बढाउने जानकारी दिए । समितिमा आजिवन सदस्य,साधारण सदस्य बनाएर सांगठित हुने बताए । सदस्यहरुको निधन भए सलामि सहितको सम्मान दर्शाउने समितिका नव अध्यक्ष कार्कीले बताए ।समिति गठन गर्दै सल्लाहकारहरुको समेत नियुक्त गरेको छ । सल्लाहकारमा पुर्वप्रहरी नायब उपरिक्षक हरीनारायण चौधरी, पुर्वप्रहरी निरिक्षक राजेन्द्र बिक, पुर्वप्रहरी नायब निरिक्षक श्यामकुमार श्रेष्ठ, पुर्वप्रहरी नायब निरिक्षक नारायण प्रसाद कोईराला र पुर्वप्रहरी नायब निरिक्षक कमलबहादुर कटुवाललाई नियुक्त गरेको अध्यक्ष कार्कीले बताए ।

dav