सुनिल चौधरी
झुम्का,माघ १४ । रामधुनीमा योग्य खेलाडी छनौटकालागी वडास्तरीय फुटबल प्रतियोगीता सोमवारबाट सुरु भएको छ । नगर खेलकुद बिकास समिति रामधुनीद्धारा आयोजित प्रतियोगिता उपप्रमुख सबिना चौधरीले एम्पायर अर्जुन चौधरीलाई फुटबल हस्तान्तरण गर्दै सुरुगरेको हो ।
रामधुनी वडा नं. २ कुम्याही खेलमैदानमा सुरुभएको प्रतियोगीताको उद्धघाटन खेलमा वडा नं. ६ बक्लौरीले जित हातपारेको छ । वडा नं. ६ ले वडा नं. ४ लाई १ का बिरुद्ध २ गोल गर्दै जितेका हुन् । सो खेलमा म्यान अफदि म्याच बक्लौरीका अजित चौधरी भए ।
वडास्तरीय प्रतियोगीताबाट अब्बल र योग्य खेलाडीहरु छनौट गर्दै २४ जनाको फुटबल टिम घोषणा गर्ने उपप्रमुख चौधरीले बताईन् । सोहि अनुसार फुटबल खेल बिकासकालागी बजेट निर्धारण गर्दै क्षमता अभिबृद्धि गर्ने प्रतिबद्धता जनाईन् । युवाहरुमा आकर्षकको रुपमा रहेको फुटबलखेल प्रतियोगीता मार्फत अगाडी बढाउन लागेको नगर शिक्षा शाखा प्रमुख राजन गेलालले बताए । छनौट भएका खेलाडीहरुलाई क्षमता बिकास गर्दै लगियो भने राष्ट्रिय स्तरको खेलाडी उत्पादन भई रामधुनीको पहिचान बढ्ने शाखा प्रमुख गेलालले स्वागत मन्तब्य दिदै अपेक्षा लिएको बताए ।
प्रतियोगीतामा ९ वटै वडाले सहभागीता जनाउदै खेलाडी समुहले ९ जनाको सेटमा खेलि रहेको छ । उद्धघाटन खेलमा पहिलो हाफमा दुवै समुहबाट कुनै गोल हुन सकेन भने दोस्रो हाफको खेल सुरु भएको केहि छन्मै वडानं. ६ ले गोल गरेका थिए । त्यस लगतै वडानं. ४ ले १ गोल गर्दै बराबर गरेका थिए । प्रतिष्पर्धात्मक रुपमा भएको खेलको अन्तिम समयमा वडानं. ६ ले दोस्रो गोल गर्दै जित निकालेको हो ।
खेल उद्धघाटनमा वडाअध्यक्ष मनेष चौधरी,रामनारायण चौधरी,राजकुमार चौधरी,हेमनारायण राजधामि लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । प्रतियोगीताको फाईनल खेल माघ १८ गते हुने सहयोगीको रुपमा रहेको जनचेतना युवा क्लव कुम्याहीले जनाएको छ ।
मंगलवार दुईखेल हुने आयोजकले जनाएको छ । दिउसो १ बजे देखि वडानं. ९ को बिरुद्ध वडानं. ३ को खेल हुने छन् भने दिउसो ३ बजेदेखि वडानं. ८ का बिरुद्ध वडानं. ५को हुने जनाएको छ ।