सुनिल चौधरी
झुम्का,माघ ११ । रामधुनीका अपाङ्गत्ताहरुलाई सुक्रवार सहायक सामाग्री बितरण गरेको छ । नेपाल अपाङ्गत्ता संरक्षण रामधुनी वडा नं. ५ समितिले स्टिक छडी र हिव्ल चियर बितरण गरेको हो ।
बद्रिनारायण चौधरी र बुध कुमारी पोख्रेललाई हिव्ल चियर बितरण गरेको छ । त्यसैगरी ५ जना लाई स्टिक छडी बितरण गरेको संरक्षण समितिका अध्यक्ष राजेन्द्र सरदारले जानकारी दिए । अमर बि.क. र रन्जीता बि.क.लाई दोसल्ला ओढाएर सम्मान गरेको जनाए । वडा नं. ५ वडा अध्यक्ष डेगराज फुयाल र वडा सदस्य साधना थरुनीले सहायक सामाग्री बितरण गरेका हुन् । देउसिभैलो कार्यक्रमबाट संकलित रकमले सहायक सामाग्री बितरण गरेको हो । अपाङ्गत्ता समितिले देउसिभैलोबाट ९५ हजार ८ सय ९ रुपैया संकलन गरेको अध्यक्ष सरदारले बताए ।
सो बितरण कार्यक्रममा वडा अध्यक्ष फुयालले नगरपालिकाबाट अपाङ्गत्ताहरुलाई ब्यवसायीक सिप बिकासकालागी रकम छुट्याएको बताए । ५ नम्बर वडाले रु १ लाख ३३ हजार रकम छुटयाएको बताए । बिनियोजित भएको सम्पुर्ण रकम अपाङ्गत्ताहरुकै क्षेत्रमा लगानि हुने समेत वडा अध्यक्ष फुयालले बताए ।