सुनिल चौधरी
झुम्का,माघ ११ । बिध्यार्थिहरुमा शैक्षिक संगै खेलकुद बिकासकालागी रामधुनी प्याब्सन नगर समितिले सुक्रवारबाट प्रथम खेलकुद सप्ताह सुरु गरेको छ । रामधुनीका बिभिन्न निजि बिध्यालयहरुको सहभागीतामा फुटबल,भलिवल,सय मिटर दौड प्रतियोगीताको आयोजना गरेको हो ।
प्याब्सन नगर समितिका अध्यक्ष बाबुराम खड्काको सभापतित्वमा बिध्यार्थिहरुको मार्च पास संगै रामधुनी नगर प्रमुखले खेलकुद सप्ताह उद्धघाटन गरेका हुन् । पिप्राहा खेल मैदानमन एक हप्ता सम्म आयोजना हुने खेलकुदमा प्रथम हुने बिध्यालयलाई पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ । सप्ताहब्यापी खेलकुद कार्यक्रमले बिध्यार्थिहरुमा खेल बिकास संगै राष्ट्रिय खेलाडी सम्म उत्पादन हुने अपेक्षा लिएको नगर समिति उपाध्यक्ष अर्जुन प्रसाद न्यौपानेले बताए ।
रामधुनी प्याब्सनले यस भन्दा पहिले बिध्यार्थिहरुलाई तिन महिने फुटबल तालिम दिएका थिए । त्यसैगरी कला प्रष्फुटनकालागी गायन,नृत्य क्षेत्रमा पनि तालिम तथा कार्यक्रम आयोजना गरेको बताएका छन् । रामधुनी प्याबसनमा २९ बिध्यालय समावेस रहेको छ । रामधुनीमा पहिलो पटक गठन भएको नगर समिति प्रथम खेलकुद सप्ताह कार्यक्रम आयोजना गर्दै छन् ।