सुनिल चौधरी
झुम्का,माघ १० । सिद्धि बिनायक स्नेक्स एण्ड नुडल्स प्रालिले उत्पादन गरेको गजब्बको चाउचाउबाट सुनिता चौधरीले पाँच आना सुन उपहार पाएकी छन् । झुम्का स्थित कुबेर सपिङ्ग सेन्टरबाट खरिद गरिएको गजब्बको चाउचाउबाट सो उपहार पाएकी हुन् । चौधरी ईटहरी डकहाटोल निवासि हुन हाल रामधुनी वडा नं. १ मा बस्दै आएकी छन् ।
उपहार कुवेर सपिङ्ग सेन्टर अगाडी बिहिवार बितरण गरेको छ । झुम्का उधोग बाणिज्य संघका अध्यक्ष धमेन्द्र साह र कुबेरका प्रोप्राईटर कैलाश पञ्चरीयाले बितरण गरेका हुन् । प्रालिका मेचि कोशि रिजनल मेनेजर अर्जुन धिमिरेका अनुसार कम्पनिले सुरु गरेको सुनचाँदिको बहार अन्तर्गत उपहार पर्न सफल भएको बताए । यस चाउचाउ मार्फत उपहार स्वरुप बजारमा धेरै आएको हुनाले उपभोक्तालाई अझै पर्ने सम्भावना रहेको घिमिरेले जानकारी दिए ।
कुबेर सपिङ्ग सेन्टर र सिद्धि बिनायक स्नेक्स एण्ड नुडल्सले मलाई भाग्यशालि बनाएर उपहार जिताएकीले उपहार प्राप्त गरेकी चौधरी खुसि ब्यक्त गरिन् । उपहार पर्दा पनि मलाई बिश्वासनै लागेको थिएन चौधरीले बताईन् । कुबेरका प्रोप्राईटर कैलाश पञ्चरीयाले बितरकलाई सम्पर्क गरेर साचै उपहार परेकै हो भन्ने जानकारी दिदा बिश्वास भएको बताईन् । यस भन्दा पहिले उपहार कहिल्यै परेको थिएन् आफुलाई प्रथम चोटि उपहार परेको अवस्थामा भाग्य अजमाउन पाउदा खुसि ब्यक्त गर्दै कुबेर र नुडल्स प्रालिलाई भाग्यशालि हुने कामना ब्यक्त गरिन् ।
उपहार बितरण कार्यक्रममा झुम्का उधोग बाणिज्य संघका प्रथम उपाध्यक्ष सुजित राय,बाणिजय सचिव दुर्गा फुयाल,चाउचाउ खरि गर्दा संगै रहेकी मनिता सर्मा लगायत पत्रकारहरुको उपस्थितीमा उपहार बिरण गरेको हो ।

   

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen