सुनिल चौधरी
झुम्का,माघ ८ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत रामधुनीको झुम्का बजारको नहर पुलमा दुर्घटना हुने सभावना बढ्दै जादा बाध्यता रेलिङको दुवै तर्फ खतराको चिन्ह सहित पोष्टर टाँस गरेको छ । पुल सागुरोका कारण दुर्घटनाकै सम्भावना देखिएकोेले स्थानियहरु पोष्टर टाँस गरेर भएपनि सचेतनामा ध्यान दिएको छ ।
आउजाउ र सवारी अवागमनमा समस्या भई दिनहु भिडभाड हुने देखि लिएर ट्राफिक जाम हुनेको गरेको छ । पुलकै कारण बजारमा अब्यस्थित भिडभाड भईरहेको स्थानियहरुले बताउछन् । हप्तामा दुईपटक लाग्ने हटियाका दिन झनै भिडभाडले सर्तक भएर हिड्न नसके ज्यानै जोखिममा पर्ने स्थानिय जनजागृति युवा क्लव भादगाउ नयाँटोलका अध्यक्ष कन्तलाल चौधरीले बताए । हुन सके चाडो नगरपालिकाले चासोका साथ बैकल्पिक उपाय खोज्नु पर्ने स्थानिय चौधरीले बताए ।
पुल मर्मत सम्भारकालागी रामधुनी नगरपालिकाले चासो देखाएपनि प्रदेश सरकाले ढिला सुस्ति गरेको छ । नगरप्रमुख जयप्रकाश चौधरीका अनुसार ईटहरी टेग्रापुलदेखि १० किलोमिटर पश्चिम रामधुनी नगर अन्तर्गत तित्रिवन सम्म राजमार्गको संरचना बनाउने प्रदेश सरकारले जिम्मेवारी लिएको जानकारी दिनु भयो । स्थानिय तहसंगको सम्झौता समेत भई सकेकोले प्रदेश सरकारले मर्मत गर्ने आश्वासन दिएकोे उहाँले बताउनु भयो । त्यसैगरी पुलको छेउमै रोडको १ सय ५ मिटर छोडेर पुर्व तर्फ फलामको फुट ब्रिज बनाउने रकम बिनियोजन भईसकेको बताउनु भयो । २० लाख सम्मको फुट ब्रिज बनाउने योजना रहेको नगरप्रमुख चौधरीले बताउदै टेन्डर लाग्न बाँकि रहेको बताउनु भयो ।
प्रदेश सरकारको जिम्मेवारी भएपनि जोखिम हुने स्थानमा पहिलो प्राथमित्ताका साथ लाग्नु पर्नेमा वेवास्ता गरेको देखिएको छ । वेवास्ताका कारण दिनु ज्यानै जोखिम लिएर बजार भर्न आएकाहरु आउजाउ गरिरहेका छन् । यस भन्दा पहिले पुलको पश्चिम रोडमै खाल्डो भएको अवस्थामा तत्काल मर्मत गर्दापनि हालमा उस्तै भएको छ । नहरपुल मर्मत हुन नसक्दा झुम्का बजारमा अब्यवस्थित भिडभाड बृद्धि भईरहेकोले प्राथमित्ताका साथ स्थानियतह,रोड बिभाग,सिचाई योजना र प्रदेश सरकारको ध्यान जान आश्वयक देखिएको जानकारहरुले बताउछन् ।