सुनिल चौधरी
झुम्का,पुष ६ । सुनसरीका कृषकहरुमा उत्पादन र आर्थिक बृद्धिकालागी अभिकर्ताहरु बिच ईनरुवामा सनिवार कार्ययोजना बारे छलफल भएको छ । वल्र्ड भिजनको सहयोगमा ग्रामिण सामाजिक उत्थान केन्द्र (आरएसडिसि) सुनसरीले किसानहरुलाई गर्दै आएको सहयोग प्रभावकारी बनाउन अभिकर्ताहरु बिच छलफल गर्दै योजना निर्माण गरेका छन् ।
कृषकलाई आवश्यक पर्ने कृषि सामाग्री, उत्पादन बस्तु बजार सम्म्म पुर्याउने, ब्यापारी तथा उधोगी संगको सम्बन्ध बिस्तार गर्न कृषक समुहबाट एक जनालाई अभिकर्ता बनाएका छन् । अभिकर्ताहरुले अगामि दिनमा उत्पादन बृद्धि संगै ब्यापारीक सम्बन्ध योजना निर्माण गर्ने बताएका छन् । सिप परियोजना संयोजक सन्तोष चौधरीले संयोजन गर्दै समयअवधि सहित ब्यापार क्यान्भस मोडल योजना,नयाँ ब्यापारीहरु पहिचान गर्ने योजना अगाडी सारेका छन् । ब्यापार क्यान्भस मोडल अन्तर्गत अभिकर्ताले लागत सहितको योजना बनाउनु पर्ने संयोजक चौधरीले बताए ।
योजना बिस्तार कार्यक्रममा छलफल गर्दै धरान स्थित कृषि बजार र आगार्निक कृषि फर्म समेतको अवलोकन गरेका छन् । अभिकर्ताहरुले अवलोकन गर्दै कृषि बजारको बारेमा जानकारी लिएका छन् । सो कृषि बजारमा नयाँ ब्यापारीसंग सम्बन्ध समेत बिस्तार भएको इनरुवाका फुलवारी कृषक समुहका अभिकर्ता राजकुमार मेहताले बताए । धरान स्थित आगार्निक कृषि फर्ममा उत्पादनको ब्यवस्थापन गरेको अवस्था र त्यसबाट आम्दानि लिईरहेको बारेमा जानकारी समेत लिदै अभिकर्ताहरुको क्षमतामा अभिबृदि भएको कृषक मेहताले बताए । मेहताले छलफलमा हामि अभिकर्ताहरुलाई कमिशन लेनदेनको आरोप लाग्ने गरेको बताउदै चुनौतिको रुपमा अगाडी आईरहेको बताए ।