सुनिल चौधरी
ईनरुवा,माघ ४ । सुनसरीका उत्पादकहरुको आर्थिक शसक्तिकरणकालागी सुक्रवार ईनरुवामा कृषक र प्रमुख ब्यापारी बिच अभिमुखिकरण भएको छ । सुनसरीका अगुवा कृषक र प्रमुख ब्यापारी बिच प्रत्यक्ष सम्बन्ध हुदै कृषकहरुमा आर्थिक उपार्जनकालागी ग्रामिण समाज उत्थान केन्द्र सुनसरी(आरएसडिसि)ले छलफल गराएका हुन् ।
कृषकले उत्पादन गरेको खेर जाने अवस्थाको तरकारी खरिद गर्ने बिषयमा छलफल गर्दै जेबिसी ईन्ड्रष्ट्रिज प्रालिका अनन्त बिष्टले दुईहजार केजि टमाटरको माग रहेको बताए । जेबिसी ईन्ड्रष्ट्रिजले जुस,आचार,जाम,सस उत्पादन गर्दै आएको छ । आचार आप,खुर्सानि,गाजर,अदुवा,अमला,तोरी लगायतका उत्पादनहरु माग रहेकोले बिष्टले बताए ।
छलफलमा कृषकहरुले उचित मुल्य,खरिद गर्ने प्रकृयाका बारेमा जिज्ञासा राखेका थिए । प्रत्यक्ष रुपमा फर्मका ब्यापारी संग उत्पादनबारे छलफलगर्न पाउदा आफुहरुमा मनोवल बढेको ईटहरी डकहाका दिपक चौधरीले बताए । कृषकले उत्पादन गरेको बस्तु ब्यापारीहरुले सहजरुपमा खरिद गरिदिए उत्पादनमा पनि बृद्धि हुने चौधरीले बताए । चौधरीले सुन्य प्रबिधिबाट आलु,लसुन,मर्चिङबाट टमाटर,काउली,मटर कोषा लगायतका ब्यवसायीक तरकारी खेति गर्दै आएका छन् । त्यसैगरी यस संस्थाले कृषक तथा आर्थिक बिपन्न परिवारलाई सहयोग गरेर धेरैनै गुण लगाएको मधेशाकी कृषक शान्ता अधिकारीले आफनो बिचार ब्यक्त गरिन्.। कृषि उत्पादन पौराणिक बिधि अनुसारले थोरै उब्जनी हुने गरेको थियो बताउदै संस्थाले दिएको कृषि तालिमबाट आफुले उत्पादनमा बृद्धि गर्दै लगेको बताईन् । उत्पादनलाई समेत ब्यवस्थापन गर्नकालागी ब्यापारी संग छलफल गराएकोे प्रति अधिकारीले खुसि ब्यक्त गर्दै उतपादन बृद्धि हुन सके मुलुक समृद्धि हुने धारणा राखिन् ।
कृषकहरुलाई मुख्य फर्महरु संग समबन्ध बिस्तर गर्दै लाने संस्थाका परियोजना संयोजक सन्तोष चौधरीले बताए । र्फमहरु संग सम्बन्ध हुन सके कृषकले फाल्ने अवस्थाको तरकारीबाट पनि आम्दानि लिन सक्ने बताए । तरकारी खेर गएर कृषकलाई घाटा ब्योर्नु पर्ने समस्याको अन्तयहुने अपेक्षा संस्थाले गरेको छ । छलफलमा रामधुनी,ईटहरी,गढि र ईनरुवका ३२ जना कृषकहरुको सहभागी रहेको थियो ।