सुनिल चौधरी
झुम्का,माघ ४ । नेपाल ज्योतिष परिषद रामधुनी नगर समन्वय समितिको आयोजनामा सुक्रवार एक दिवसिय यज्ञ सम्पन्न गरेको छ । रामधुनी नगरपालिका अगाडी झुम्कामा बिश्व महा दिप प्रज्वलन गर्दै नेपाल ज्योतिष परिषदले यज्ञ सुरु गरेका हुन् ।
नगरप्रमुख जयप्रकाश चौधरीले महा दिप प्रज्वलन र होम जपगरी यज्ञको उद्धघाटन गरेका थिए । । धर्म रक्षाको शन्देस लगायत बिश्व शान्ति र नगरपालिकाको ग्रहदशा शान्तिको बिशेष उधेश्यका साथ एक दिवसिय यज्ञ गरेको कार्यक्रम संयोजक तथा नगर समितिका कोषाध्यक्ष ज्योतिषी ईश्वरी प्रसाद आचार्यले बताए ।
नेपाल ज्योतिष परिषद रामधुनी नगर समितिका अध्यक्ष खगेन्द्र दाहालको सभापतित्वमा सुरु भएको यज्ञमा २५ भन्दा बढी पंडित सहभागी छन् । होम यज्ञमा याज्ञाचार्यमा पंडित गणेष काफले,शिव घिमिरे,चन्द्रहरि काफले छन् । त्यसैगरी लघुरुद्रि,बेदपाठ,भागवतगिता,शनि मृत्युन्जय,भागवतपाठ गर्दै होम सम्पन्न गरेको आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा बोल्दै ज्योतिष परिषदका जिल्ला अध्यक्ष ज्योतिष ददिराम बाराकोटि,ज्योतिष नरेन्द्र कोईराला,नगर समिति उपाध्यक्ष मधुशुद्धन काफलेले ज्योतिष र होम यज्ञ महत्वबारे प्रष्टयाएका थिए ।

   

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen