सुनिल चौधरी
झुम्का,पुष २९ । कृषकहरुले उत्पादन गरेको बस्तुहरु सदुपयोग गर्दै आर्थिक लाभ लिने उपायको बारेमा तिन दिने तालिम दिएको छ । आरएसडिसि सुनसरीको आयोजना र वल्र्डभिजनको सहयोगमा २५ जना अगुवा कृषलाई मिश्रित आचार बनाउने तालिम दिएको हो ।
मिश्रित आचार,टमाटरको सस,आलु चिप्स बनाउने र प्याकिङ्ग तथा लेबलिङ्ग गर्ने सिप सिकाएका छन् । नेपाल खाद्य अनुसंधान अधिकृत तथा प्रशिक्षक बिक्रम लिम्बुले उत्पादन गरेका बस्तुहरुलाई आधिकारीक रुपमा बिक्रि बितरण गर्नकालागी धरेलु उधोगमा दर्ता,प्रकृया सम्बन्धि जानकारी समेत गराएको हो ।
मिश्रित आचारमा गाजर,टमाटर,मुला,खुर्सानि,सिमि,काउली,कोबि,कागति,च्याउलाई मिसाएर आचार बनाउने तरिका सिकेर सहभागीहरु उत्साहित भएका छन् । अबका दिन आफैले तरकारी उत्पादन गर्दै आर्थिक लाभ लिन सकिने तालिममा सहभागी कृषक रेशमी चौधरीले बताईन् । बजार सम्म पुर्याउन नसकेका तथा मुल्य नपाएर राखि राखेका तरकारी क्षति भईरहेको अवस्थामा अबका दिनमा किसानले क्षति ब्यहोर्न नपर्ने अर्का कृषक हिमाल राज चौधरीले बताए ।
आरएसडिसिले सिप परियोजनाबाट उत्पादन बृद्धि गर्दै ब्यवसायीक तरकारी खेतिकालागी किसानहरुलाई तालिम लगायत भौतिक सहयोग गर्दै आएका छन् । कृषकहरुले उत्पादन गरेका बस्तुहरु बजार सम्म सहज रुपमा पुर्याउने र उचित मुल्यभाव पाउन समेत सहयोग गर्दै आएको तालिममा सहभागी किसानहरुले बताए ।
तालिमले कृषकहरु ब्यवसायीक बन्दै आर्थिक समृद्धिमा टेवा पुरयाउने हेतुले परियोजना मार्फत सहयोग गर्दै आएको वल्र्डभिजनका उमेश थापाले बताए । कृषकहरु आत्म निर्भरहुदै ब्यवसायीक्ता प्रदानकालागी संस्थाले योजना ल्याएको समेत बताए । तालिम समापनमा कृषकरुलाई ब्यवसाय सुरु गर्नकालागी योजनाका बारेमा प्रतिबद्धता गराएका थिए । आरएसडिसिका परियोजना संयोजक सन्तोष चौधरीले सहभागी सबैलाई ब्यवसाय सुरु गर्नकालागी योजनाका बारेमा प्रतिबद्धता गराएका हुन् ।