सुनिल चौधरी
झुम्का,पुष २९ । रामधुनी वडा नं. ५ स्थित रहेको प्रेरणा बचत तथा ऋण सहकारी संस्थाले आईतवार आफनो पाँचौ साधारण सभा सम्पन्न गरेको छ । आ.ब. २०७४÷७५ मा भएको गतिबिधिका बारेमा प्रस्तुत गर्दै सम्पन्न गरेको हो ।
रामधुनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा संस्थाका अध्यक्ष माधव कट्टेलले प्रगति र आगामी योजनाको बिवरण प्रंस्तुत गरेका थिए । लेखा समिति सदस्य लक्ष्मि प्रसाद बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै रु दुई करोड सात लाख असिहजार नौ सय ब्यालिस रुपैया अरसठि पैसा कारोवार भएको प्रस्तुत गरे । निक्षेप रु ५८ लाख ३० हजार ३ सय ८९ रुपैया भएको आर्थिक प्रतिवेदनमा उल्लेख रहेको छ । सस्थाले बालशैक्षिक बचत,नियमित बचत,खुत्रुके योजना जस्ता नयाँ योजनाहरुबाट निक्षेप संकलन गर्दै आएको छ ।
संस्थाको शेयर सदस्य ४ सय १२ जना रहेको छ भने पुँजि २२ लाख ६ हजार पाँच सय रहेको छ । आफनो पाचौ साधारण सभाबाट उत्कृष्ट बचतकर्ता,ऋणी,बाल बचतकर्ता संगै बजार प्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
उत्कृष्ट बचतकर्तामा मनोज आचार्य,महमद आलम रभगवती कार्की,त्यसतै उत्कृष्ट ऋणीमा हरि बहादुर कार्कि र कबिता बिष्ट, उत्कृष्ट बाल बचतमा मिस्वा राई र शुसिल चौधरीलाई सम्मान गरेको छ । यसैगरी बजार प्रतिनिधि कर्मचारीहरु करिश्मा चौधरी,रक्षा अधिकारी,निलम चौधरी र अन्जु कार्कीलाई सम्मान गरेको हो ।
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष डेगराज फुयाल,वडा सदस्य नन्दराज फुयाल,नगर सहकारी शाखा प्रमुख अभिनारायण भटराई,थारु चलचित्र साँस्कृतिक संघ केन्द्रिय अध्यक्ष पर्शुराम चौधरी लगायत स्थानिय सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen