सुनिल चौधरी
झुम्का,पुष २७ । रामधुनी नगरप्रमुख जयप्रकास चौधरीले आफ्नो राजनितिक धरातल स्मरण गर्नु भएको छ । एकताका प्रतिक नेपाल एकिकरण अभियान्ता पृथ्वीनारायण शाहको महान कार्यलाई मानसपटलमा राख्दै राजनितिक क्षेत्र अगाडी बढाएको स्मरण गर्नु भएको हो ।
२९७ औ पृथ्वी जयन्तीको अवसरमा सुक्रवार जेष्ठ नागरीक सरोकार समुह सुनसरीका अध्यक्ष फौद सिं थापाको सभापतित्वमा भएको कार्यक्रममा नगर पिता चौधरीले कथा वाचन गरी धरातलको महत्व दर्शाउदै पञ्चयातकाल देखि राजनितिक गर्दै आएको बताउनु भयो ।
मान्छे जति ठुलो पदमा गएपनि उस्को यथार्थ धरातल बिर्सिए उ आफ्नो पहिचान गुमाउने तर्क गर्नु भयो । धरातलमा रहेर कार्यगर्न सके अगाडीका दिनहरुमा सफलता हात पर्ने समेत उल्लेख गर्नु भयो ।
उहाँले म आफु धरातलमा रहेर कार्य गर्दै अगाडी बढ्ने समेत बताउनु भयो । पुनः पहिलेकै अवस्थामा नफर्किन धरातलको स्मरण गर्ने बताउनु भयो । त्यसैले सफलताको लागी धरातल सबैले सम्झिनु पर्ने जोड दिनु भयो ।
२०२८ साल देखि आफु पञ्चायतकालबाट राजनितिक क्षेत्रमा गुर्जिएकोले मलाई “पञ्चे” समेत भनेर बोलाउने गरेको बताउनु भयो । हाल प्रजातान्त्रिक,लोकतान्त्रिक र गणतन्त्र आउदा सम्म राजनितिक क्षेत्रमै जिवन बिताई रहेकोले “पञ्चे” र “पञ्चो” भन्नु स्वभाविक हो भनेर भन्नु भयो ।
नगरप्रमुख चौधरीले झुम्का बजार बसाउने कर्ताको धरातल पनि स्मरण गर्नु भयो । सो कार्यक्रममा प्रमुख अतिथी रहनु भएका पुर्वअञ्चलाधिस नरेन्द्र कुमार चौधरीको पितालाई सम्झिदै धरातलको कुरा उठान गर्नु भयो । नरेन्द्र कुमार चौधरीको पिता दानालाल चौधरीले बसाएको झुम्का बजार अहिले बिकास संगै सहर केन्द्रित भएको बताउनु भयो । बजार सजावट र बिकासमा योगदान भने सबै जनाको हातेमालो रहेको बताउदै धरातल बिर्सन नहुने जोड दिनु भयो ।