सुनिल चौधरी
झुम्का,पुष २७ । नेपाल एकिकरण अभियान्ता पृथ्वीनारायण शाहको २९७ औ जन्म जयन्तीमा रामधुनीका जेष्ठनागरीकहरुले एक कार्यक्रमगरी स्मरण गरिएको छ । जेष्ठनागरीक सरोकार समुह सुनसरीको अध्यक्ष फौद सिं थापाको सभापतित्वमा पुर्वअञ्चलाधिस नरेन्द्र कुमार चौधरी प्रमुख आतिथ्यता र नगरप्रमुख जयप्रकाश चौधरीको बिशिष्ट आतिथ्यतामा राष्ट्रिय निर्माता शाहको फोटोमा माल्यार्पणगरी कार्यक्रम गरेको हो ।
सरकारले नेपालको ईतिहास बिर्सेको भन्दै बक्ताहरुले आलोचना गरेका छन् । एकिकरण नभएको भए नेपाली हुनुको गर्व गुमाउने थियौ भन्दै आलोचना गरेका हुन् । कार्यक्रममा राष्ट्रिय निर्माता प्रति जनआस्था बिथोलेर बदनाम गराउन नहुने पुर्वअञ्चलाधिस चौधरीले बताए । जनता प्रति अन्याय नगरेको भन्दै जहिल्यै नयाँयको पक्षमा कार्यगरेको ईतिहास रहेको बताए । जनतालाई बिभेद होईन सबै जातजातिलाई एक सुत्रमा बाध्ने महान कार्य गरेको चौधरीले बताए ।
आफु धरातलमै रहेर राजनितिक गर्दै आएको नगरप्रमुख चौधरीले बताए । एकिकरण अभियान्ता पृथ्वीनारायण शाह नेपालीको धरातल रहेकोले उहाको बिद्धवत कार्य स्मरण गर्दै राजनितिक क्षेत्रमा अगाडी बढेको बताए । कार्यक्रममा चौधरीले २०२८ साल पञ्चायतकाल देखिनै राजनितिक क्षेत्रमा आबद्ध भएर कार्यगरिरहदा सो स्मरण समेत गरे । त्यसैगरी झुम्का स्थापना गर्ने धरातल स्वर्गीय दानालाल चौधरी रहेको समेत स्मकरण गर्दै बजार ब्यवस्थापनकालागी सबैको हातेमालो भएको बताए ।
त्यसैगरी सरकारले पृथ्वी जयन्तीको अवसरमा बिदा तथा स्मरण कार्यक्रम नगरेपनि जनताले शसक्त रुपमा जिवित राखि राख्ने अभियान थाल्नु पर्ने बक्ताहरुले जोड दिए । जननागरीक उपभोक्ता मञ्च रामधुनीका अध्यक्ष ईश्वरी प्रसाद न्यौपाने,दुर्गा बहादुर बस्नेतले कार्यक्रममा बोल्दै एकिकरण कर्तालाई बिर्सेर क्रिश्मसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु सरकारले ठुलो गल्ति गरेको बताए । बक्ताहरुले हिन्दु राज्य स्थापनाको समेत जोडदार माग गरेका थिए ।
जेष्ठनागरीक सरोकार समुह सुनसरी,जननागरीक सरोकार उपभोक्ता समुह रामधुनी र संयुक्त संघ संस्थाको आयोजना भएको सो कार्यक्रममा सम्पुर्णमा सरोकार समुह सुनसरीका उपाध्यक्ष मिठुराज अधिकारीले स्वागत गरेका थिए ।

     

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen