सुनिल चौधरी
झुम्का,पुष २६ । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी, तिला संक्राईन्त आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो । पश्चिमका थारु नयाँ फछर्यौट र नयाँ आर्थिक बर्षको रुपमा मनाउने र शुभकामना आदान प्रदान गर्ने परम्परा रहेको छ । टोलका अगुवा चुन्ने कार्यपनि यसैमा गरिन्छ ।
पुर्वका थारुहरु नयाँ उब्जनी भएका अन्नबालिबाट परिकार बनाएर कुलदेवतालाई चढाएर प्रसाद ग्रहण गरेर पर्व मनाउने गरिन्छ । अगामी बर्षहरुमा उब्जाउको बृद्धिको कामना गर्दै कुलदेवतालाई बिधिवत पुजा अर्चना गरी मनाउने मौलिक परम्परा रहेको छ । तिल,धान,दालबाट बनेका परिकार सख्खरमा मिश्रितगरी खाने चलन रहेको छ । यसका साथै खिच्डी,चिच्री भात संगै माछा खाएर पर्व मनाउने गरिन्छ ।
जाडोको मध्यमा आउदा चिसोबाट बच्न शरिरलाई न्यानो राख्न पनि यस परिकारले भुमिका खेल्ने भएकोले थारु समुदाय नयाँ अन्नबालिमा सख्खर मिसाएर खाने गरेको मान्यता रहेको छ । यस पर्वलाई सम्पूर्ण नेपालीले मनाउदै आएको पाइएतापनि थारु समुदायले अन्य समुदायकोे भन्दा प्रिथक तरिकाले मनाउने गरेकाले थारु समुदायमा बिशेष महत्व बोकेको पाइन्छ् ।

पर्वको अवसरमा पुष ३० गते झुम्कामा माघी कार्यक्रम…………………
पर्वको महत्व दर्शाउन तथा परिकार प्रदर्शनि गर्दै थारु परिकार खुवाने १ दिने कार्यक्रम थारु महिला उत्थान समाज रामधुनी सुनसरीले पुष ३० गते सोमवार गर्ने जनाएको छ । रामधुनीको झुम्कामा मनाउदै आएको माघी कार्यक्रम यसबर्ष पनि मनाउने तयारी गरेको हो ।
रामधुनी वडा नं. १ जित महान चौकमा गरिने सो कार्यक्रममा झुमैर प्रतियोगीता,सांस्कृतिक नृत्य,भेषभुषा प्रदर्शनि,परिकारका स्टलहरु लगायतका मौलिकत्ता झल्किने प्रस्तुती रहने उत्थानकी अध्यक्ष सिता थरुनीले बताईन् । यस भन्दा बिगतका बर्षहरुमा माघि पर्वको अवसरमा उत्थान समाजले उपलब्धि मुलक कार्यक्रम गरिसकेको छ । सो कार्यक्रमहरुबाट थारु परिकारको पहिचान ,अधिकारका सवालमा माघी, पर्वको महत्वको सवालमा प्रचार प्रसार,रामधुनी नगरलाई पहिचान,पर्यटक प्रवद्र्धन,बिविधतामा एकताकालागी भुमिका खेलि सकेको छ । र यसलाई निरन्तरता दिदै यसबर्षपनि लोक गित झुमैर जटजाटिन प्रतियोगीता राखेका छन् ।
लोप भईरहेको झुमैर जटजाटिन उठान गर्दै संरक्षण हेतु यसबर्ष सो प्रतियोगीता गर्न लागेको हो । उत्थान समाजले आफनो कार्यक्रम्मा कुनै एउटा नयाँपन ल्याउदै सम्पन्न ल्याउने गर्ने गरेको छ । जितिया पर्वमा पनि महत्व दर्शाउन बक्तृतवकला आयोजना गरेका थिए । बिध्यार्थिहरुले जितियाको बारे अध्ययन गरेर प्रस्तुत गरेका थिए । यस्तै सामाजिक उदाहरणीय कार्य गर्न योजना बनाई रहने उत्थान समाज यस बर्षको कार्यक्रममा उपस्थितीकालागी सम्पुर्ण सामाजिक,बुद्धि जिवि,राजनितिज्ञ,पत्रकार,कलाकारहरुमा हार्दिक निमन्त्रणा गरिएको छ ।

पुष २८ गते ईटहरीमा…………..
थारु महिला सभा ईटहरी नगर कार्यसमितिले पुष २८ गते गर्ने भएको छ । मौलिक परम्परालाई प्रवद्र्धन गर्नकालागी सभाले माघी तिला संक्राईत साँस्कृतिक कार्यक्रम गर्ने नगर अध्यक्ष सुनिता चौधरीले बताईन् । कार्यक्रममा सास्कृतिक नृत्य,परिकार पौराणिक थारु सामाग्री स्टलमा पदर्शनि गर्ने जनाएको छ । ईटहरीको जनता माध्यमिक बिधयालयको खेल मैदानमा १ दिने कार्यक्रम गर्ने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen