सुनिल चौधरी
झुम्का,पुष २१ । आँखा रोगी लक्षितगरी वडावासीहरुलाई सेवादिन रामधुनी वडा नं. ५ वडा कार्यलयले सनिवार निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । सिंचाई योजना झुम्काको परिसरमा भएको शिविरबाट १ सय ९१ जनाले सेवा लिएका छन् ।
नेत्र ज्योती संघ ईटहरी आखाँ अस्पतालको प्राबिधिक सहयोगमा आखाँ जाच गरेको थियो । आखाँ जाचकालागी बृदबृदाहरुले बिशेष सेवा लिएका छन् । रोगीहरुलाई आँखा सम्बन्धि रोगबारे समेत बताएका थिए । उमेरका कारण तथा रोग ग्रसित भएर आँखा कम्जोर हुने देखिए सो अनुसार चिकित्सकहरुले सल्लाह समेत दिएका छन् । आँखा अस्पतालबाट अस्मिता पाण्डेको संयोजत्वमा पुष्पा तिम्सिना,कन्चन भटराई,कुन्दा पौडेल र अमित चौधरी सहभागी रहेका थिए ।
रोगीहरु मध्ये सल्यक्रिया गर्नु पर्ने अवस्था भए आर्थिक कम्जोर भएकाहरुलाई आयोजकको अनुरोधमा निःशुल्क उपचार गर्ने वडा अध्यक्ष डेगराज फुयालले बताए । शिविरकालागी लायन्स क्लव अफ रामधुनी सिटि,लायन्स क्लव अफ रामधुनीको सहकार्य रहेकोे थियो ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen