सुनिल चौधरी
झुम्का,पुष २१ । रामधुनीको झुम्कामा एकै स्थानमा दुई छुटा छुटै दुर्घटनाहुदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सनिवार दिउशो दुर्घटनाहुदा एकजनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
दुर्घटना स्थान बजारको नहर पुल देखि ५ सय मिटर पश्चिम नयाँ बजार स्थित एकै स्थानमा लगभग थोरै दुरीमा रहेर दुर्घटना भएको हो । सनिवार को २० प ९१६२ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल सवार काभ्रे पलान्चोक सकुपातिका २६ बर्षिय रमेश खत्रीको मृत्यु भयो । सोही दुर्घटनामा इनरुवा बलाहाका नासुराम चौधरी घाइते भएको ईलाका प्रहरी पकलीले जानकारी दिए । स्थानिय प्रत्यक्षदर्शिका अनुसार साईकल सवारलाई ठक्करदिदा मोटरसाईकल सवार भएका खत्री लड्न पुगेका थिए । सोहि क्रम्मा म्याजिक भ्यानले किचिन पुग्दा उन्को घटना स्थलमै मृत्यु भएको जानकारीमा आएको छ । साईकल र मोटरसाईकल झुम्का तर्फबाट ईनरुवा जादै गरेको अवस्था थियो भने म्याजिक भ्यान बिपरित दिसा तर्फ ईनरुवाबाट आईरहेको जानकारीमा आएको छ ।
त्यसैगरी आठ दिन पहिले सुक्रवार सोहि ठाउँमा मोटरसाईकल दुर्घटना हुन पुगेको थियो । शुक्रबार को १७ प ३६४८ को मोटरसाइकल दुर्घटना हुदाँ रामधुनी २ का श्रवणकुमार चौधरी र पछाडी सवार देवकी चौधरी घाइते भएको प्रहरी निरिक्षक जितेस दाहालले बताए । उनीहरु एलपि ग्यास सावारीमा पछाडीबाट ठोकीन पुगेको थियो ।
दुर्घटना भएको सोहि स्थानबाट १ सय मिटर पुर्व मासु बेच्ने टहरा नजिकै रामजमार्गमा दुर्घटना हुने गरेको थियो । सो स्थानमा पनि दुर्घटनामा परी दुईजनाको ज्यान गएको थियो । बजार बाहिर थोरै दुरीमा गएर सवारी तिब्रगतीमा चलाउने र बजार तर्फ आउने सवारीको गती तिब्र भएकै कारण दुर्घटना हुने गरेको प्रहरी निरिक्षक दाहालले बताए । बजारमा गति नभएपनि बजार बाहिर पुगि सकेपछि सवारि अनियत्रित र ट्राफिक सचेतनाको अभावले गर्दा दुर्घटना हुने गरेको छ । झुम्का बजार स्थित बढि दुर्घटना हुने स्थानमा सरोकारवाला पक्षले बढि दुर्घटना हुने स्थान जानकारी गराउदै गति सिमिति भएको होर्डिङ्ग बोर्ड राखेर जनचेतना जगाउने अवस्था आएको जानकारहरुले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen