सुनिल चौधरी
झुम्का,पौष १८ । पटक पटक रुपले झुम्का बजार ब्यवस्थापन गर्दै आएको छ । बुधवारबाट पुनः फलफुल,फुटपाथ पसल,टेम्पो,म्याजिक भ्यानको स्टेन्डलाई ब्यावथापन गरेको छ । खर्च गरेर पनि प्रयोगमा आउन नसकेको नहरको डिल स्थिती आदिवासी जनजाति पार्कमा फलफुल ब्यवथापन गरिएको छ भने छोटो दुरीका सवारी साधान ब्यवस्थापन भएको देखिन्छ ।
यस भन्दा पहिले पनि नगरपालिकाबाट सुचना प्रहवाह गर्दै ब्यवस्थापनकालागी अनुरोध गरिएको थियो । केहि ब्यवस्थापन भएपनि कार्य गर्ने बिचारको एकता हुन नसक्दा ब्यवस्थापनमा कठिनाई हुदै आएको थियो । यसमा फेरी पनि दोहरीन सकिन्छ भन्ने भन्न सकिन्न । त्यसैले यसलाई दिर्घकालिन रुपमा समस्या सामाधान गर्न आवश्क देखिन्छ ।
चाड पर्वमा फुटपाथ पसल राजमार्ग छेउमै लगाउन थाल्ने परिपाटि र ब्यवसायीक संगठनले पनि पछि गएर भोट आउछन्की भनेर सहमति गरेर छाडेपछि समस्याको सामाधान हुन नसकेको हो । ब्यवस्थापनको नाममा पटक पटक र पुनः पुनः देखाउनु बिकास होईन स्वार्थ सिद्ध हुने देखिन्छ ।
त्यसैगरी महेन्द्र राजमार्ग अन्तर्गत केन्द्रित बजारमा ट्राफिक ब्यवस्थापन देखिएको छैन । रोड छेउमै थुप्रिनेगरी खुल्ला रुपमा फोहोर फयाक्ने,बजारमा चौपायाले सवारी अवागमनमा अबरुद्ध गर्ने,बजार भर्न आएकाहरुले जथाभावी रोड पार गर्ने, नहरपुलमा तत्कालै फुटब्रिज,सवारी पार्किङ्गको दिर्घकालिन ब्यवस्थापन गर्न आवश्यक छ ।
“व्यवशायिक कृषि र उधम सहितको पर्यटकिय शहर,स्वस्थ, शुसस्कृत र प्रविधिमा आधारित समृद्ध रामधुनी नगर”को दुर दृष्टीमा लक्ष्य प्राप्तिकालागी योजनामा जनप्रतिनिधि,नगरवासी राजनितिकदलको एकबद्धता भईरहदा पनि गतिका साथ अगाडी बढ्नु पर्ने देखिन्छ । ऐतिहासिक धार्मिक स्थल रामधुनी मन्दिरलाई पर्यटकिय क्षेत्रमा परिनत गर्न नगरपालिकाले रचनात्मक रुपमा योजनाबद्ध तवरले अगाडी बढ्नु पर्ने देखिन्छ ।
छोटो समयमानै रामधुनी नगरको मुहार फेरीदै गएको सबैमा अवगतनै छ । रामधुनीको केन्द्रित झुम्का बजार ब्यवसायीक हब बन्दै गएको छ । ठुला ब्यापारीहरुले क्रमिक रुपमा लगानी गर्दै गएको छ । यसको निरन्तरतामा बृद्धि कायम गर्नकालागी ब्यापारीहरुलाई सुरक्षाको प्रत्याभुति हुन सके रामधुनी धार्मिक पर्यटनका साथै ब्यवसायीक बजार हुन सक्ने सम्भावना रहेको छ । यसकालागी ईलाका प्रहरी, नगर प्रहरी बजार केन्द्रित हुन आवश्यक छ ।
आ.ब. २०७५।७६ को प्रस्तुत गरिएको ५७,०१,६६,०००÷–संतावन करोड एक लाख छैसठि हजारको अनुमानित आय व्यय लागु गर्न प्रथम चौमासिक बितिसक्दा पनि सुरु हुनुमा कठिनाई उत्पन्न भईरहेको छ । दायित्व रहेकको भुत्तानिहरु मिलान हुदै छ भने नयाँ योजनाको क्रम क्रमिक रुपमा अगाडी बढाईरहेको छ ।
अन्ततः बिकास र समृद्धिकालागी रामधुनीका जनप्रतिनिधिहरु अडिग र निर्णायक भुमिकामा उभिनु महत्वपुर्ण आवश्त्ताको खाचो देखिएको छ । त्यसैले पुनः र पटक पटकले आजित मात्र हैन कर्म गर्ने महानुभावहरुमा अबिश्वासको पात्रले पनि जरा गाड्दै गईरहेको छ भने त्यस अबिश्वासको जरा पलाउनु भन्दा पनि अडिग र निर्णायक भुमिकामा उभिनुनै दिर्घकालिन ब्यवस्थापन हुने देखिन्छ ।

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen