आँगन महिला बचत तथा ऋण सहकारी संस्था लि को आज पाँचौ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । आदर्श माविको प्राङगनमा सम्पन्न सो सभामा ५ जना शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । पुरस्कृट हुनेमा उत्कृष्ट ऋणीमा टिका राजधामी, दैनिक बचत कर्तामा सीता श्रेष्ठ, मासिक बचतकर्तामा श्री रतिकला थरुनी, सर्वाधिक बचतकर्तामा गन्धारी चौधरी र सर्वाधिक शेयर खरिद कर्तामा रेनुका कटवाल रहनुभएको थियो । उहाँहरुलाई दोसल्ला ओढाई प्रसंशा पत्र, कासको लोटाबाट सम्मान गरिएको हो ।
संस्थाकी अध्यक्ष श्री शारदा कार्कीको सभापतित्व तथा रामधुनी नगर प्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको खुल्ला सत्र कार्यक्रममा प्रमुख अतिथि चौधरीले पानसमा बत्ति बालेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा संस्थाको शुरुवात कालदेखी हालसम्मको आरोह अवरोहको बारेमा रोचक ढंगबाट प्रस्तुत गर्दै संस्थाका व्यवस्थापक श्री दोस्तीराम चौधरीले सम्पुर्ण संचालक समिति, कर्मचारी तथा शेयर सदस्यहरुलार्ई धन्यवाद प्रकट गर्दै संस्थाले जिल्लाकै उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था सावित भएकोमा गोरव महसुस गरेको बताउनुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०७४–७५को आर्थिक प्रगति तथा संस्थाको गतिविधिको जानकारी गरिएको थियो । जस अनुसार विक्रम सम्वत २०७० साल असोज १ गते २९ जना शेयर सदस्यबाट दर्ता भएको महिलाद्धारा संचालित सो संस्थामा प्रारम्भमा ८७,००० शेयर पुजीँ तथा ३३,००० बराबर बचत बाट थालिएको थियो । आज पाँचौ वार्षिक साधारण सभा सम्पन्न गर्दा सम्मको अवस्थामा४५१ जना शेयर सदस्यको जम्मा ४७ लाख १३ हजार शेयर पुँजी तथा १ करोड ४७ लाख पुर्याउन सफल भएको छ । १५ लाख व्याज आम्दानी मात्र कमाउन सफल संस्थाको ऋण लगानी २ करोड ४० लाख रहेको छ । चार वर्षको अन्तरालमा आफनै जग्गा किन्न सफल संस्थाको कोष पुजीँ २३ लाख ३२ हजार रहेको छ ।
पाँचौ वार्षिक साधारणसभामा विशिष्ट अतिथिमा रामधुनी सहकारी प्रमुख अभिनारायण भट्टराइृ, वडानं. ६ वडाध्यक्ष हेमनारायण राजधामी, इलाका स्वास्थ्य चौकी बकलौरीका इन्चार्ज हरिदेव ठाकुर, अतिथिहरु जेष्ठहित बचत तथा ऋण सहकारीका सचिव राजकुमार आचार्य, परिक्रमा कृषि ऋण सहकारीका व्यवस्थापक सुर्य खतिवडा, साना किसान कृषि सहकारीका तुलसा अधिकारी, अन्नपुर्ण बहुउद्धेश्य महिला सहकारीका पुना दाहाल रेडियो रामधुनीका व्यवस्थापक नविन चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष अतिथि अभिनारायण भटराई, हेमनारायण राजधामी, प्रमुख अतिथिजयप्रकास चौधरीले शुभकामना मन्तव्य राख्नुभएको थियो । शुभकामनाको क्रममा अतिथिहरुले सहकारीको महत्व दर्साउदै सहकारीको मुल्या मान्यतालाई आत्मसात गर्दै महिलाहरु सक्रिय भईए समाज विकासका कार्यहरु लगायत कृषि, व्यापार, तथा उत्पादन क्षेत्रमा लाग्न सके अझ राम्रोहुने कुरामा जोड दिनुभयो ।करिव ३०० जनाको भव्य उपस्थितिमा सम्पन्न भएको उक्त सभाको कार्यक्रम संचालन संस्थाकी संचालक सदस्य जानकी चौधरीले गर्नु भएको थियो ।