सुनिल चौधरी
झुम्का,पुष १३ । युवाहरुलाई सामाजिक कार्यमा समलग्न गराई समृद्धिको पाटोमा डोर्याउन गठन भएको स्काई कल्वका युवाहरु सामाजिक कार्यमा अग्रसर हुदै गएको छ । युवा बिकास परियोजना अन्तर्गत युथ क्रिएशन सुनसरीले स्काई क्लव गठन गर्दै आबद्ध भएका युवाहरुले सामाजिक कार्य गर्ने क्षमता अभिबृद्धि तालिम,ब्यवसायिक लगायतका नेतृत्व बिकास सम्बन्धि तालिम लिदै अहिले उनिहरु सामाजिक कार्यमा जुटिरहेका छन् ।
युथ क्रिएशन बाटै तालिम लिएर सामाजिक उद्यमशिल्ता अन्तर्गत सैलुन ब्यवसाय सञ्चालन गरेका चन्दन ठाकुरले मुनाफाको केहि रकमले १ सय ५७ जना बिध्यार्थिहरुलाई स्टेशनरी बितरण गरेको छ । रामधुनी वडा नं. १ सैनिमैनि स्थित सरस्वती निम्न माध्यमिक बिध्यालका १ कक्षा देखि ८ सम्मका समपुर्ण बिधयार्थिहरुलाई बितरण गरेको हो । ठाकुरले रु ४ हजार र युथक्रिएशन सुनसरीको सहयोगमा बितरण गरेको हो । सहयोग कर्ता ठाकुर द राईजिङ्ग स्काई क्लवका लिडर हुन भने अर्का लिडर सनम चौधरी हुन् ।
बिध्यार्थिहरुलाई कार्यक्रमका प्रमुख अतिथी युथ क्रिएशनका अध्यक्ष अम्बर बहादुर राई लगायत स्काई लिडर तथा सदस्यहरुले बितरण गरे । बिध्यार्थिलाई यस किसिमका सहयोग गरेको प्रति प्रधानाध्यापक सिताराम चौधरीले धन्यवाद ब्यक्त गर्दै शिक्षामा सुधार र प्रगतीहुने अपेक्षा लिएको बताए । यसरीनै अरु युवाहरुपनि यसबाट पाठ सिकेर सामाजिक कार्य गर्दै समृद्धिको पाटोमा लाग्नु पर्ने चौधरीले सुझाव दिएका छन् ।
सो क्वलका युवाहरुले सामुहिक रुपमा गुडिया बनाउने तालिम पनि लिई रहेको स्काईकोच जगतकामतले बताए । युवाहरु ब्यवहारिक र राष्ट्र निर्माणमा सहयोग गर्दै अगाडि बढ्नुपर्ने परियोजना संचालनको उधेश्य अनुरुप उपलब्धि आईरहेको संस्थाका अध्यक्ष राईले बताए ।