सुनिल चौधरी
झुम्का,पौष १२ । दोस्रो रामधुनी गोल्डकप नकाउट फुटबल प्रतियोगीताको फाईनलमा आयोजक रामधुनी आदर्श संस्था बिरुद्ध डिसिटि सुनसरी भिड्ने पक्का भएको छ । बिहिवार भएको सेमिफाईनलमा डिसिटि सुनसरीले उर्लावारी फुटबल क्लव मोरंगलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको छ भने बुधवार भएको खेलमा आयोजकले धनकुटा फुटबल संघलाई टाईबे्रकरमा पराजित गर्दै फाईनलमा प्रवेस गरेको थियो ।
रामधुनि वडा नं. ४ सिक्दार माझि टोल ईक्राही खेलमैदानमा भईरहेको गोल्डकपमा पौष १४ गते शनिवार फाईनल खेल हुने छ । प्रतियोगितामा प्रथम हुने समुह नगद रु १ लाख सहित सिल्ड र ट्रफी र दोस्रो हुने समुह नगद रु ५० हजार सहित सिल्ड र ट्रफी पाउने छन् । खेलको प्रत्येक दिन म्यान अफदि म्याच घोषित गर्ने छन् । म्यान अफदि म्याच घोषित हुनेलाई नगद रु ३ हजार सहित सिल्डले सम्मान गर्ने छन् । त्यस्तै खेल अवधिभरिमा म्यान अफदि सिरिज र गोल स्कोर समेत घोषित गर्दै नगद रु ५–५ हजारका दरले सम्मान गर्ने बताएको छ ।
रामधुनीको पर्यटन प्रवद्र्धन गर्न दोस्रो रामधुनी गोल्डकपको आयोजना गरेको संस्थाका अध्यक्ष केसब बहादुर खड्काले बताए । खेलकुद्धको माध्यमबाट ऐतिहासिक रुपमा रहेको रामधुनी मन्दिरलाई प्रवद्र्धन गर्दै धार्मिक पर्यटन बिकास हुने अपेक्षा अध्यक्ष खड्काले गरेको छ । “राष्ट्रको लागी खेलकुद, स्वस्थयको लागी खेलकुद”को नारा सहित पर्यटन प्रवद्र्धनका साथै खेल मैदान बिकासमा टेवा पुगोस भन्दै प्रतियोगीताको आयोजना गरेको हो । रामधुनिको पहिचान र पर्यटन प्रवद्र्धन गर्न प्रत्येक बर्ष खेलको निरन्तरता दिने समेत अध्यक्ष खड्काले बताए ।
सो प्रतियोगीतामा यस बर्षको प्रतियोगीतामा बिदेसि टिम दार्जिलिङ भारतबाट समेत सहभागी भई रौनकता बढाएको छ । पौष ७ गतेबाट सुरु भएको प्रतियोगीता आठ समुह खेलमा प्रतिस्पर्धा गरेका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen