सुनिल चौधरी
झुम्का,पौष १० । उत्पादनमा लागेको लगानि अनुसार किसानले उचित मुल्य पाउन नसकिरहदा ग्रामिण समाज उत्थान केन्द्र (आरएसडिसि) सुनसरीले किसान र ब्यापारी बिच सोमवार अन्तकृया गरेको छ । कृषकले उत्पादन गरेको लगानी सहित ब्यापारी संग प्रत्यक्ष लाभ र किसानले ब्यापारीकालागी गरिने सहयोगको बारेमा उठान गर्दै अन्तकृया गरेको हो ।
कार्यक्रममा किसान र ब्यापारी सामुहिक रुपमा छलफल गर्दै ब्यापरीले उत्पादन गरेको बस्तुको बारेमा प्रवद्र्धन गर्नु पर्ने माग गरेको छ । किसानले उत्पादन गरेको बस्तु अर्गानिक छन् भने सोहि अनुसार प्रवद्र्धन गरेर ब्यापारीले बिकृ गर्दा मुल्य पाउने अपेक्षा राखेको छ । किसानले उत्पादन गरेको बस्तु चाडै बजार सम्म पुगोस,ढुवानीमा सहज,बजार ब्यवस्थापन,गुणस्तरी बिउको उपलब्धता,माटो उपाचार,सिचाई ब्यवस्थापन,रोग नियन्त्रण ब्यवस्थापनका समस्याहरु रहेको बताए ।
ब्यापारी रंजित गुप्ताले किसानले राखेका समस्याको प्रतिउत्तर दिदै अर्गानिक तरकारी खादमल हालेको भन्दा हेर्नमा अलि कमजोर देखिएकोले अर्गानिकमा मुल्य लगाउने कमै ग्राहक रहने बताए । अर्गानिक बस्तुलाई ब्यापारीले प्रष्टकुरा राखेर ब्यापार गरिरहदा पनि चेतनाको अभावले खाधमल बिषदि हालैकै तरकारी बढि लिने गरेको बताए । त्यस्तै किसानले उत्पादन गरेको बस्तु ग्रेडिङ्ग गरेर बिकृगर्दा बढि मुल्य पाउने बताए । बजारमा माग अनुसार पुर्ति गर्नु पर्ने,किसानमा एकता,बजारमा स्वच्छ प्रतिस्पर्धा हुन सके किसानले फाईदा लिन सकिने ब्यापारीहरुले सुझाव दिएका छन् ।
आरएसडिसिले सहयोग गरेका किसानहरुले उत्पादन गरेको तरकारीको बारेमा परियोजना संयोजक सन्तोष चौधरीले बिस्तृत जानकारी दिएको थियो । आगामी दिनमा परियोजना संचालनबाट कस्तो खालको सहयोग गर्दा किसानलाई प्रत्यक्ष लाभ लिन सकिने बनाउने सो बिषयमा समेत किसानबाट सुझाव लिएका थिए । कार्यक्रममा ईनरुवा,रामधुनी,ईटहरी,गाढिका अगुवा किसानहरुको उपस्थिती रहेको थियो भने झुम्का र ईनरुवाका थोक तरकारी ब्यापारीहरुको उपस्थिती रहेको थियो ।

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen