सुनिल चौधरी
झुम्का,पौष । रामधुनी आदर्श संस्थाले सनिवार भब्य रुपमा दोस्रो रामधुनी गोल्डकप उद्धघाटन गरेको छ । वडा नं. ४ स्थित सिक्दार माझि टोल ईक्राही खेलमैदानमा बिभिन्न जातजातिको झाँकि सहित उद्धघाटन गरेको हो ।
संस्थाका अध्यक्ष केसव बहादुर खड्काको सभापतित्वमा मल्टि शोलुसन प्रा.लि.लैनचौर काडमाण्डौ तथा न्युधनलक्ष्मि हार्डवेयर झुम्काका प्रोप्राईटर फौद सिंह थापाको प्रमुख आतिथ्यतामा फुटबल प्रतियोगीता उद्धघाटन भएको हो ।
उद्धघाटनमा झाँगड उराव नाच र थारु भेषभुषा सहितको नृत्य प्रस्तुती रहेको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार सुमित खड्काले आफनो प्रस्तुती राखेका थिए । स्वदेश गान ‘उठौ युवा उठौ मसाल बनि उठौ’देशकोलागी केहि गरौ भन्ने बोलको गित प्रस्तुत गरेका थिए । खेल सुरुहुनु भन्दा पहिले संगीत प्रस्तुतीले मैदान झुमिएको थियो । यसैक्रम्मा स्थानिय स्कुलबाट पनि स्वदेशगानमा नृत्य गर्दै खेल प्रमीहरुलाई नचाएका थिए । लालपुर गार्डन एकेडेमी स्कुल लालपुरका बालकलाकार बिध्यार्थीहरुले नृत्य प्रस्तुत गरेको हो ।
प्रतियोगीताको पहिलो खेल उद्धघाटनमा धनकुटा फुटबल संघ धनकुटाले ३–० गोल अन्तरले जित हात पारेको छ । दमक फुटबल एकेडेमी झापालाई खेलको पहिलो हाफमै दुई गोल गर्दै खेल आफनो पक्षमा राखेको थियो । दोस्रो हाफमा एक गोल गर्दै धनकुटाले जित निकालेको हो । झापाले अवसर पाएपनि गोलमा परिनत गर्न नसक्दा पराजित हुदै घर फर्किनु पर्यो । धनकुटा फुटबल संघ शनसनि पुर्ण जित हात पार्दै सेमिफाईनलमा प्रवेस गरेको छ ।
प्रतियोगीताको आईतवारको खेल भने शस्त्र प्रहरी बल एपि एफ झापा बिरुद्ध उर्लाबारि फुटबल कल्व मोरंग बिच हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहनगद रु १ लाख सहित सिल्ड र ट्रफी र दोस्रो हुने समुह नगद रु ५० हजार सहित सिल्ड र ट्रफी पाउने छन् । खेलको प्रत्येक दिन म्यान अफदि म्याच घोषित गर्ने छन् । म्यान अफदि म्याच घोषित हुनेलाई नगद रु ३ हजार सहित सिल्डले सम्मान गर्ने छन् । त्यस्तै खेल अवधिभरिमा म्यान अफदि सिरिज र गोल स्कोर समेत घोषित गर्दै नगद रु ५–५ हजारका दरले सम्मान गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen